व्युटिसियन ट्यालेन्ट नेपालका प्रतियोगीले देखाए प्रतिभा


काठमाडौं, १७ चैत

शनिबार राजधानीमा एक समारोहबीच ‘व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’ का प्रतियोगीहरुले आ आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् ।

बिलक्षण क्रियसन र रोज स्किल डेभ्लपमेन्ट सेन्टरद्वारा संयुक्त रुपमा आयोजित यो प्रतियोगिताको ट्यालेन्ट शोमा व्युटिसियनहरुले ब्राईडल मेकअप, नेल आर्ट, हेयर स्टाईल जस्ता प्रतिभा प्रस्तुत गरेका हुन् । मुख्यगरी उनीहरुले बेहुली सिँगार्ने कलामा प्रतिस्पर्धा गरेका थिए ।

ब्राईडल अन्तर्गत जुरो, हेयर स्टाईल, मेकअपसँगै आर्ट, नेलआर्ट जस्ता विभिन्न बिषयमा प्रतिस्पर्धामा उनीहरु खरो उत्रिए । आयोजक संंस्था रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारञ्जिले यी सबै बिधाबाट उत्कृष्ट हुनेलाई ट्यालेन्ट शोका बिजेता घोषणा गरिने बताईन् । व्युटीसियनहरुको व्यक्तित्व विकाश, कला प्रस्तुति र प्रतिभा प्रदर्शनका लागि यो प्रतियोगिता गरेको पनि उनले जानकारी गराईन् ।

 

बरिष्ठ व्युटिसियनहरु अनिता खड्का रश्मीला श्रेष्ठ, रिना अवाले, सिता श्रेष्ठ, मोडल परिसी कारञ्जित, नेल आर्ट स्पेशल सुजन तिमिल्सिना, नेचर इसेन्सका नेशनल म्यानेजर रमेश उप्रेती, गायिका जुनु रिजाल काफ्ले र फेशन डिजाईनर काजल शर्मा ट्यालेन्ट शोका निर्णायक थिए ।

हेर्नुस् भिडियोमा ट्यालेन्ट शो –

राजधानीको नाचघरमा आगामी २७ चैतमा हुने अन्तिम प्रतिस्पर्धाबाट व्युटिसियन ट्यालेन्ट नेपाल २०१८ को बिजेता चयन गरिने छ । बिजेताले २५ हजार रुपैयाँ सहित विभिन्न उपहार प्राप्त गर्नेछिन् ।

यो प्रतियोगिताको २१ अन्तिम प्रतिस्पर्धीमा सुहाना अर्याल, बिना रानामगर, कविता बानियाँ, मेघ्ना देउला, सरिता भारती, रजनी श्रेष्ठ, नविना अधिकारी, दीपा महर्जन, पुष्पा महत, मिना गुरुङ, कृष्टिना महर्जन, दीपा सेडाईं, सरिता बास्कोटा, दीपा अधिकारी, सपना थापामगर, एलिना श्रेष्ठ, रजनी भुजेल, प्रविना श्रेष्ठ, रञ्जना श्रेष्ठ गुरुङ र कुसुम तामाङ छन् ।

 

यो प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरिरहेकी छिन् । प्रतियोगीहरुलाई गत १ चैतबाट व्युटिसियन सम्बन्धि विभिन्न आधुनिक प्रशिक्षण सहित व्यक्तित्व विकास, क्याटवाक लगायतका प्रशिक्षण दिने क्रम जारी रहेको कार्यक्रम व्यबस्थापक काजल लामिछानेले जानकारी गराएकी छिन् ।

 

 

 

 


तस्बिरहरु ः तिलक कार्की, व्युटी न्युज नेपाल