मिस नेपालको फाइनलमा २५ प्रतियोगीले, देखाए ट्यालेन्ट


 

काठमाडौं, १४ चैत

 

हिडन ट्रेजरद्धारा आयोजित यस वर्षको ‘मिस नेपाल–२०१८’मा २५ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिँदै छन् । उनीहरु यतीबेला विभिन्न प्रशिक्षणमा व्यस्त छन् । कोरियोग्राफर रचना गुरुङ शर्माले अहिले यी प्रतियोगीलाई क्याटवाक लगायतको प्रशिक्षण दिईरहेकी छिन् ।

 

आगामी २८ चैतमा राजधानीमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाबाट नयाँ मिस नेपाल चयन हुनेछन् ।
यसैबीच मंगलबार साँझ काठमाडौंको रसियन कल्चरल सेन्टरमा मिस नेपाल ट्यालेन्ट उपाधीका लागि आफ्ना विभिन्न कला प्रस्तुत गरे । सो क्रममा उनीहरुले नृत्य, गायन, बतृत्वकला, कविता, हास्यव्यँग्य प्रहसन, अभिनय प्रस्तुत गरेका थिए ।


ट्यालेन्ट शोमा नृत्य प्रस्तुत हुने मिस नेपाल–२०१८को प्रतियोगीहरुमा आस्था साखः, ममता जोशी, अनश्रुत पन्त, ज्योत्सना क्षत्री, मेघा श्रेष्ठ, सृष्टी कार्की, शुभेच्छा श्रेष्ठ, सायरा लामा, कास्य अधिकारी, आस्मा ढुँगाना र लक्ष्मी पन्त थिए । महिमा सिंह, रोनाली अमात्य, एलिसा बुढाथोकी, एलिसा अधिकारी, अनुपमा बास्तोला, सन्ध्या अधिकारीले पनि विभिन्न नृत्य प्रस्तुत गरे ।

 

प्रिया सिग्देलले प्रहसन मार्फत दर्शकलाई हंसाएकी थिईन् । यस्तै शिक्षा सँग्रौलाको अभिनय प्रस्तुत पनि ससक्त थियो । अजिता महतले कविता सुनाएको ट्यालेन्ट शोमा सृँखला खतिवडाले कवितासँगै बतृत्वकला प्रस्तुत गरिन् । सुस्मिता सापकोटा, मनिता देवकोटा, लक्ष्मी पौडेलले ट्यालेन्ट शोमा विभिन्न गीत गाएका थिए ।

काठमाडौं जेसिसकी अध्यक्ष इनु थापा, पत्रकार भरत शाक्य, गायक जेम्स प्रधान, पोद्रेज कम्पनीकी वितरण प्रमुख उपनासना गौतम र नृत्य निर्देशक केशब थापा ट्यालेन्ट शोका निर्णायकमा थिए ।