नाई नभन्नु ल–५ मा यसकारण अटेनन पल, आँचल र वर्षा


काठमाडौं, १० चैत

चलचित्र ‘नाई नभन्नु ल–४’ ले नेपाली चलचित्र उधोगमा पल शाह, आँचल शर्मा दवाडी र वर्षा राउतलाई कलाकारको रुपमा ल्याएको हो । तर ‘नाई नभन्नु ल–५’मा आई पुग्दा यी तीन कलाकार आटेनन् ।

निर्माण पक्षले यी तीन जना कलाकारलाई नै सुरुमा नाई नभन्नु ल–५ मा राख्न चाहेको थियो । तर अभिनेत्री वर्षा राउतले आफ्नो व्यस्तता देखाउँदै यो चलचित्रमा समय दिन नसक्ने बताएपछि उनी नाई नभन्नु लको पाँचौं सृँखलामा अटिनन् । आफु बैशाखबाट छक्का पञ्जा–३ मा व्यस्त हुने भन्दै उनी नाई नभन्नु ल–५ मा अट्न नचाहेको निर्माण पक्षले जनाएको छ ।

तस्बिर सभार ः स्ट्रिट नेपाल

तर बाँकी दुई कलाकारले आफ्नो भाउ एक्कासी बढाएपछि निर्माण पक्षले नाई नभन्नु ल–५ मा पल शाह र आँचल शर्मा दवाडीलाई नलिएको हो । चलचित्र युनिटका एक सदस्यले व्युटी न्युज नेपालसंग यी दुई कलाकार फिल्ममा नअट्नुको कारण बारे भने,‘ हामीले नै जन्माएका यी दुईको एटिच्युट बढेर अहिले थेगी नसक्नु भएको छ । अर्को तर्फ उनीहरुले बहानाबाजी बनाउँदै आनकानी गरेपछि हामीले पल र आँचललाई पाँचौं सृँखलामा नराखेका हौं ।’

आफुहरुले जन्माएका यी कलाकारले नयाँ निर्मातालाई जस्तै महँगो पारिश्रमिकको चाहना गरेपछि नाई नभन्नु ल–५ ले अन्य बिकल्प रोजेको पनि निर्माण पक्षले खुलासा गरेको छ । नयाँ अभिनेतालाई यो फिल्ममा आफुहरुले समेटेको निर्माण पक्षले बतायो । नाई नभन्नु ल–५ मा अब नव अभिनेतासँगै अभिनेत्रीका रुपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् ।

अभिनेत्री प्रियँका कार्की र बाल अभिनेता अनुभव रेग्मी नाई नभन्नु लको पाँचौ सृँखलामा पनि मुख्य भूमिकामै दर्शकले देख्न पाउने छन् । बाँकी मुख्य कलाकारमा दिलिप रायमाझी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, उत्तम केसीलगायत रहने छन् । केकी अधिकारी पनि यसमा विशेष भूमिकामा अनुबन्धित भएकी छिन् ।

शनिबार बिहान राजधानीको मैतीदेबी मन्दिरमा स्क्रिप्ट पुजा सहित यो चलचित्रको निर्माण घोषणा गरियो । १२ चैतबाट यसको छायाँकन सुरु गरिने निर्माता निर्देशक विकाश राज आचार्यले बताए । ‘नाईं नभन्नु ल ५’ मा सामिप्यराज तिमिल्सिना र विकास आचार्यको लेखन, बसन्त सापकोटाको संगीत छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन जीसीको सम्पादन रहेको पनि आचार्यले बताए ।