ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ चैत
गत शनिबार बुढानिलकण्ठ स्थित आफ्नै निवासबाट पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । उनी शुक्रबार हाजिरी जमानीमा रिहा भएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाउँदै गत शुक्रबार सामाजिक सञ्जालमा साझा गरेकी थिइन् । ती युवतीको आरोपपछि बलेप्रति धेरै नकारात्मक टिप्पणीहरु समेत आए ।
सो टिप्पणीको आधारमा उनीमाथि उजुरी नपरेपनि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।
गत आइतबार उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो । सो अनुमतिको म्याद शुक्रबार सकिएपछि उनलाई हाजिर जमानी प्रहरीले छाडेको जनाएको छ ।

