प्रहरीद्धारा सागर लम्साल (बले) पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ चैत

अमेरिकामा बस्दै आएकी एक युवतीलाई जवरजस्ती करण गरेको आरोपमा कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनीलाई आज बिहान प्रहरीले पक्राउ गरेको समाचार आएको छ । प्रहरी स्रोतका अनुसार बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको हो ।

अमेरिकामा बस्ने एक युवतीले शुक्रबार सामाजिक सञ्जालमा आफ्नो पीडा सार्वजनिक गर्दै बलेबाट अमेरिकामै एक वर्ष अघि आफू बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ ।

पीडित युवतीका भाइले बले बिरुद्ध कडा कारवाही हुने माग गर्दै सामाजिक सञ्जालमा परिवारको तर्फबाट दिदीको लागि न्यायको माग गरेपछि प्रहरीले बलेलाई पक्राउ गरेको जनाइएको छ ।