ब्युटी न्युज नेपाल
काठमाडौँ, २० चैत
नेपाल सरकारले अबबाट सरकारी विज्ञापन सरकारी मिडियो गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल लगायतलाई मात्र दिने निर्णय गरेको छ । सो निर्णयको चलचित्र पत्रकार संघ नेपालले एक विज्ञप्ति मार्फत भत्सना गरेको छ । संघका महासचिब रघुनाथ सापकोटाद्धारा जारी विज्ञप्तिमा यस्तो लेखिएको छ ः
‘सरकारले हालै सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने निर्णयप्रति चलचित्र पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। सरकारको यो निर्णय प्रति संघको असहमति रहेको छ।
उक्त निर्णयले लोकतान्त्रिक मूल्य मान्यतामा रहि नागरिकलाई सूचित गर्दै आएको निजी संचारमाध्यम माथि प्रत्यक्ष प्रहार गरेको हाम्रो ठहर छ। खुला र प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई “सिन्डिकेट” तर्फ उन्मुख गराउने यस कदमले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई कमजोर बनाउँदै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने स्पष्ट संकेत दिएको छ। लोकतन्त्रमा यस्तो प्रवृत्ति कदापि स्वीकार्य हुन सक्दैन।
स्थानीय सरकारसँग सहकार्य गर्दै सुशासन, आर्थिक पारदर्शिता तथा विकासमुखी खबरदारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका निजी सञ्चारमाध्यमहरूको प्रवर्द्धनमा समेत यस निर्णयले नकारात्मक असर पार्ने निश्चित देखिन्छ। उक्त निर्णय पुनर्विचार गरियोस्। संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा संघीय संरचनासँग बाझिने यस्ता निर्णयहरू सच्याइयोस्।
लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारको संरक्षणका लागि उक्त निर्णय तुरुन्त सच्याउन सरकारसँग हामी जोडदार माग गर्दछौं।
सरकारी निर्णय :


