ब्युटी न्युज नेपाल
काठमाडौं ६ चैत्र
सांगीतिक क्षेत्रमा पृथक पहिचान बनाएका विपिन आचार्यकोे शब्द, संगीत एरेन्जमा नयाँ गीत ‘यो केटी साह्रै राम्री’ को भिडियो सार्वजनिक भएको छ । यो गीतमा होमन रेग्मी र माण्डवी त्रीपाठीको स्वर रहेको छ ।
यो गीतको भिडियोका निर्देशनपनि संगीतकार विपिन आचार्यले नै गरेका हुन् । गीतको म्युजिक भिडियोमा रवि कार्की र आस्विनी शाहीको अभिनय रहेको छ । उनीहरुको जोडी भिडियोमा आकर्षक देखिएको छ ।
भिडियोमा रवि कार्कीको कोरियोग्राफी रहेको छ । दिपेन बस्नेतको छायांकन र सम्पादनमा तयार भएको यस म्युजिक भिडियोको सहयोगी छायांकार कुशल कार्की हुन । भिडियोको प्रस्तु्तकर्ता नितु रेग्मी रहकी छन् ।


