ब्युटी न्युज नेपाल
काठमाडौं २ चैत
गायक नरेश खड्का र गायिका बबिना किरातीको स्वरमा नयाँ गीत राम कसम…को भिडियो सार्वजनिक गरिएको छ । यो नृत्यप्रधान गीतमा एलोन एक्सको शब्द छ भने आकाश मगरको संगीत रहेको छ । साथै साउण्ड डिजाइनको काम पनि आकाशले नै गरेका हुन् ।
गीतको भिडियोमा दमदार नृत्य देख्न सकिन्छ । आकषंक सेटमा खिचिएको भिडियोमा चर्चित नायक पल शाह र मोडल नारायणी खत्रीको दमदार नृत्य छ । भिडियोको कथा र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् भने भिडियो खिच्नेकाम नवराज उप्रेतीले गरेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।
यसैगीत मार्फत गायनमा प्रवेश गरेका गायक नरेशले दर्शक तथा स्रोताको माया पाउनेमा विश्वास राखेका छन् । सुर्खेत स्थायी घर भएका नरेश एक स्वास्थ्यकर्मी हुन् । उनी बेनिघाट रोराङ गाउँपालिकामा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छन् । सानैदेखी गायनमा रुचि भएकाले पेशा फरक भएपनि कलाकारितामा प्रवेश गरेको बताएका छन् । साथै गायक नरेशले यो गीतको अडियो साउण्ड भारतमा तयार भएको बताए । उनले भनेका छन्, ’यो राम कसम गीतको अडियोलाई हामीले साउथ इन्डियामा गएर तयार पारेका हौं । साउण्डमा कुनै कमी नहोस् भन्ने हाम्रो चाहना थियो ।’
गीतका संगीतकार आकाश मगरले आफूले यसअघि संगीत भरेका गीत भन्दा रामकसम धेरै फरक बनेको बताएका छन् । एकदर्जन गीतमा संगीत भरिसकेका आकाशले यो गीत सबैलाई मन पर्नेमा ढुक्क छन् ।


