ब्युटी न्युज नेपाल
काठमाडौँ, १ चैत
नेपाली चलचित्र ‘मितज्यू’ अब ८ जेठमा रिलिज हुने भएको छ । यस अघि यो चलचित्रको रिलिज मिति १५ जेठ तोकिएको थियो । विविध कारणले एक साता अघि सार्नु परेको निर्माण पक्षले जनाएको छ र। यसै क्रममा यो चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । यो नयाँ पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई,सौगात मल्ल, तेरिया फौजा मगर,शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन्। पोष्टरले चलचित्र ग्रामीण परिवेश र सामाजिक द्वन्द्वमा आधारित रहेको जनाउँछ ।
यो चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।
यस फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको , सम्पादक लोकेश बज्राचार्य, छायाँकार शिशिर बिशंखे हुन् । यो फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ ।
पोडक्सन म्यानेजर धन बहादुर राई (भान्जा)ले गरेका हुन् भने फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ । त्यसै गरि यो फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन्। यस फिल्ममा बिजिएमको काम शैलेश श्रेष्ठको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। फिल्मका गीतमा संगीतकार मल्ल,मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्। यस फिल्ममा कोरियोग्राफर मिङ्मा लेप्चाले गरेका छन्।


