कान्तिपुर आईडल (गायन र नृत्य)मा उपेन्द्र र सलोनी उत्कृष्ट


काठमाडौं, ७ चैत

कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीताको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले चुमेका छन् ।

मंगलबार नाचघरमा सम्पन्न सो प्रतियोगितामा कार्यक्रममा गायन तर्फ फस्ट रनर अप समिर खरेल र सेकेन्ड रनर अप अभिषेक पोख्रेल भए । सनराज इन्टर टेन्ट्मेन्ट प्रा. लि. को आयोजनामा सम्पन्न सो सो प्रतियोगितामा नृत्य तर्फ फस्ट रनर अप आर्या सुबेदी र सेकेन्ड रनर अप गणेश श्रेष्ठ घोषित भए ।

 

गायन तर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई थिए । कार्यक्रममा विजेतालाई विभिन्न उपाहार प्रदान गरियो । प्रतियोगिताका आयोजक सन्तोष शर्मा र राजन कार्कीले युवा, युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्यले कान्तिपुर आईडल आयोजना गरिएको बताए ।