‘राम नाम सत्य’को टिजरमा विराजको एक्सन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ फागुन

अभिनेता विराज भट्टको एक्सन प्रधान चलचित्र ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नायक विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ । सोही कारण एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको यस चलचित्रको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ ।

माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको टिजरले चैत्र २७ गते बक्स अफिसमा धमाका हुने संकेत गरेको छ । चलचित्र ‘राम नाम सत्य’मा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ । टिजरमा यी सबै कलाकारहरु समेटिएका छन् ।

किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् । माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको यो चलचित्र अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ ।

अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट सल्लाहाकार हुन् । माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।