ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ फागुन
पूर्व प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङदेखि विभिन्न व्यक्तिहरु पक्राउ पर्ने सक्ने अवस्था आएको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलमा धेरैको ज्यान लिने गरी भएको प्रहरी हस्तक्षेपको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले आज आफ्नो रिपोर्ट प्रधानमन्त्री शुशिला कार्कीको सरकारलाई बुझाउँदै यसबारे खुलासा गरेका हो । रिपोर्टका अनुसार केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको लागि तत्काल पक्राउ गर्न समेत सिफारिस गरिएको छ ।
जाँचबुझ आयोगसम्बद्ध स्रोतका अनुसार, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भूमिकाबारे पनि रिपोर्टमा उल्लेख छ । उनीहरुलाई पक्राउ गर्ने वा नगर्ने भन्ने बारे बर्तमान सरकारले निणर्य लिने छ । यि ब्यक्तिहरु पक्राउ पर्न पनि सक्छन र नपर्न पनि सक्छन । त्यसैले उनीहरूमाथि के–कस्तो कारबाहीको सिफारिस भएको छ भन्नेबारे अहिलेसम्म स्पष्ट पारिएको छैन ।
बरु तत्कालीन प्रहरी महानिर्देशक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिपशम्सेर जबरा, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारी लगायतमाथि फौजदारी कारबाहीको सिफारिस गरिएको छ । यिनीहरुलाई चाँडै नै पक्राउ गरेर अनुसबन्धान थाल्न आयोगले रिफारिस गरेको बताईएको छ । तर यस बारे सरकारले अहिले नै केही निर्णय गरेको छैन ।


