ओलीलाई ढाल्दै बालेन बिजयी, हालसम्म रास्वपा ७४ स्थानमा बिजयी, ४८ ठाउँमा अग्रता


बालेनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओलीलाई पराजित त गरे नै । ओलीको राजनीतिक इतिहार नै लगभग सिध्याई दिएका छन् ।

ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ माघ

सुरुमै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरेर चुनावी मैदानमा उत्रिएका रास्वपा वरिष्ठ नेता बालेन शाहले झापा ५ बाट अन्तत संसदीय निर्वाचनमा विजय हाँसिल गरेका छन् । यो समाचार तयार पर्दासम्म शनिबार बेलुका ९: १५ बजेसम्म बालेनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट  ७४ जनाले बिजय हाँसिल गरिसकेका छन् ।

नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध बालेन ६८ हजार ३४८ मत प्राप्त गरी बिजय हासिल गरेका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओलीलाई पराजित त गरे नै । ओलीको राजनीतिक इतिहार नै लगभग सिध्याई दिएका छन् । एमाले अध्यक्ष ओलीले भने जम्मा १८७२४ मत प्राप्त गरे । ओली भन्दा ४९ हजार ६१४ मत बढी ल्याएर बालेनले बिजय हाँसिल गरेका हुन् ।

रास्वपाले शनिबार दिउँसो ३ः३० बजेसम्म ४७ स्थानमा बिजय हाँसिल गरेकामा बेलुका ८ः३० सम्म २९सिट बढाउँदै ७० स्थानमा बिजय हाँसिल गरेको हो । दिउँसो ३ः३० बजेपछि विजय प्राप्त गरेका बालेन शाहसहित अन्य बिजेताहरु यस प्रकार रहेका छन् । त्यस अघि बिजय .भएकाहरुको बारेमा हामीले अघिल्लो समाचारमा उल्लेख गरिसकेका छौँ ।

जसमा मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपाने विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामालाई करिब १० हजार मतले पछि पार्दै न्यौपाने विजयी भएका हुन् । न्यौपानेले २७ हजार ३६७ मत पाउँदा लामाले १७ हजार ५२२ मत पाए ।

यस पटक पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्। उनले ४३ हजार ९६ मत ल्याउँदै विजय हासिल गरेकी हुन् । तोसिमाको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याएका छन् ।

सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ ।रास्वपाका उम्मेदवार धनेन्द्र कार्की १६ हजार ६५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप कुमार कटुवालले १५ हजार ८७५ मत ल्याए । नेपाली कांग्रेसका उज्ज्वल बरालले १५ हजार ५७० मत ल्याए । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदी भने ४ हजार ७०८ मत ल्याए ।

यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिकले प्युठानमा २७ हजार ४६९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत ल्याएर पराजय भए ।

यस्तै धादिङ २ मा रास्वपाका बोधनारायण श्रेष्ठले २६ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश धमलाले २० हजार २७७ मत ल्याए । निर्वाचित भएका श्रेष्ठ र कांग्रेसका धमलाबीचको मतान्तर ५ हजार ८ सय ६५ छ ।

यसैगरी रास्वपाबाट आनन्दबहादुर चन्द कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहलाई करिब २० हजार मतान्तरले हराए चन्दले ३१ हजार ९ सय ५३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहले ११ हजार ९ सय ५८ मत ल्याएका थिए ।

यसै गरी नवलपरासी(बर्दघाट सुस्ता पूर्व)–१ मा रास्वपाका राजन गौतम विजयी भएका छन् । गौतमले ५० हजार ९४५ मतसहित जित हाँसिल गर्दा उनको निकटतम प्रतिद्धन्छी नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मत प्राप्त गरी पराजय भोगे ।

यता चितवन १ बाट पनि राष्ट्रिय स्वतन्त्र पार्टी बिजयी भएको छ । त्यहाँबाट रास्वपाका उम्मेदवार हरि ढकालले ५८ हजार २०८ मत ल्याई विजयी भएका हुन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत ल्याए ।

यता कैलाली ३ बाट रास्वपाका उम्मेदवार जगतप्रसाद जोशीले बिजय हाँसिल गरेका छन् । उनी २० हजार ३५९ मतसहित निर्वाचित भएका छन्। जोशीका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९ हजार ७०६ मत प्राप्त गरेका छन् ।

यसै गरी यो संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल विजयी भएका छन् । लम्साल ५७ हजार ३९ मतसहित फराकिलो मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका हिरा केसीले १२ हजार ४४७ र राप्रपाका प्रज्वल बोहोराले ८ हजार ६४१ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा सुर्खेत–२बाट ठुलो मतान्तरण सहित विजयी भएका छन् । उनले ३० हजार ३७८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइराला १६ हजार १९६ मत प्राप्त गरेका छन् ।

यसै गरी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहरा निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । बोहरा ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उता डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । जोशीले १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई हराउँदै झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ३८ हजार ६७४ मत पाउँदै विजयी भएका छन्। राप्रपाका अध्यक्ष लिङ्देन २१ हजार बढी मतान्तरले पछि परेका छन्।

यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले बारा क्षेत्र नम्बर १ मा २५ हजार ७७५ मतान्तरले चुनाव जितेका छन्। उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका छन्। त्यहाँ बुढाथोकीले १४ हजार २२३ मत पाएका छन् ।

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन् । कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गरे । यो मत उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाको भन्दा २५ हजार ३ सय बढी हो ।

यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमाले नेता खिमलाल भट्टराईले १३ हजार १०० मत प्राप्त गरे ।

यसै गरी संसदीय निर्वाचनमा रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २१ हजार बढी मतान्तरसहित विजयी भएका छन्। गणेश पौडेलले ३६ हजार ८७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याएका छन् ।

उता सिरहा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशंकर यादव (शिव) विजयी भएका छन् । यादवले ३९ हजार ५६१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले १२ हजार ८१४ मत ल्याए । यसरी यादव २६ हजार ७४७ फराकिलो मतान्तरले विजयी भएका हुन् ।

यसै गरी दाङ ३ मा रास्वपाबाट कमल सुबेदीले जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन । सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् ।

यस्तै झापा १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मतगणना सम्पन्न भई रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन्। निशा डाँगीले ४५ हजार ६८० मत ल्याएकी छन् भने कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।