ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ फागुन
२१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यस पटक पूर्व नेकपा माओवादी तथा वर्तमान नेपाल कम्युनिस्ट पार्टीलाई पनि ठुलो धक्का लागेको छ । यो पार्टीले अघिल्लो संसदीय निर्वाचनको तुलनामा यस पटक करिब आधा सिट प्रत्यक्ष तर्फ गुमाउने निश्चित जस्तै भएको छ ।
शनिवार मध्यान्न १२ बजेसम्म नेपाल कम्युनिस्ट पार्टीले मुलुक भर जम्मा २ सिटमा विजय प्राप्त गरेको छ । जस मध्य रुकुम पूर्वबाट पार्टी सभापति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विजय हासिल गरेका छन् । उनले १० हजार २४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । यस्तै यही पार्टीबाट कालिकोटबाट महेन्द्र बहादुर शाहीले ११ हजार ७३४ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।
यो पार्टीबाट हालसम्म ८ सिटमा अग्रज रहेका बाँकी उम्मेदवारहरूमा रोल्पा १ बाट वर्षमान पुन, सल्यान १ बाट रमेश कुमार मल्ल, काभ्रे १ बाट दिनानाथ गौतम, रुकुम पश्चिमबाट गोपाल शर्मा, डोल्पा १ बाट धनबहादुर बुढा, हुम्ला १ बाट दीपेन्द्र रोकाय, सिन्धुपाल्चोक २ बाट युवराज दुलाल, रामेछाप १ बाट श्यामकुमार श्रेष्ठ रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका राम्रो मानिएको सिन्धुली २ मा लेखनाथ दाहाल (राजन) अन्ततः पछि परेका छन् । सोही ठाउँबाट लेखनाथका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीकै महेश्वर दाहाल बागी उठेपछि राजनको मत निकै काटियो । जसका कारण रास्वपाका आशिष गजुरेल अहिले अग्रतामा छन् ।


