ब्युटी न्युज नेपाल
काठमाडौँ, २० फागुन
गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा राष्ट्रिय भावको गीत ‘देश हो बगैंचा’ सार्वजनिक भएको छ । गीत ‘देश हो बगैंचा’ बलदेब थापाले लेखेका हुन् ।
बबिनालाई स्वरमा प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु, निर्मल दियालीले साथ दिएका छन् । गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् भने ड्रिम्स स्टुडियोमा प्रकाश केसीले रेकर्ड, मिक्सिङ र मास्टरिङ गरेका छन् ।
‘बबिना भट्टराई’ अफिसियल युट्व च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियोमा प्रेम खनाल, बबिना भट्टराई, प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु, निर्मल दियालीले भूमिका निर्वाह गरेका छन् । भिडियोमा गीतकार बलदेव थापा, हरिराम पौडेल, रामेश्वर केसी, आशिष खतिवडा, लक्ष्मी खरेलले राष्ट्रिय झण्डा फहराएर देखाएको दृश्यले राष्ट्रप्रेमको सन्देशलाई दृश्यात्मक रूपमा शसक्त एवं बलियो बनाएको छ ।
गीतको अडियो इमेज एफएमको एक कार्यक्रममा प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरिएको थियो । कार्यक्रममा गीतकार बलदेव थापा र गायिका बबिना भट्टराईले गीतको सन्देश र गीत निर्माण प्रक्रियाबारे आफ्ना धारणा राखेका थिए । गीतका बारेमा आफ्नो संक्षिप्त प्रतिक्रिया दिदै गीतकार बलदेव थापाका राष्ट्रभावले ओतप्रोत यी गीतिलहरहरुले राष्ट्रकवि माधव घिमिरेको लेखनको झझल्को दिएको बताउँदै गीतको सफलताको कामना गरेका छन् ।


