ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ फागुन
‘मिसेस भोग नेपाल सिजन–३’ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ। ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपाल द्वारा शान्त, भव्य र मर्यादित वातावरणमा कार्यक्रम सम्पन्न गरिएको हो।
ग्राण्ड फिनालेमा २१ जना विवाहित महिलाले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। प्रशिक्षण अवधिदेखि सञ्चालन गरिएको मूल्यांकन प्रक्रिया, प्रि–जजिङ राउण्ड तथा प्राप्त अंकका आधारमा सुरुमा छ जना विजेता घोषणा गर्ने योजना रहे पनि प्रतिस्पर्धीहरूको उत्कृष्ट प्रस्तुति, मेहनत र समर्पणलाई मध्यनजर गर्दै आयोजकले विशेष ‘सरप्राइज’ स्वरूप कुल नौ जना विजेता घोषणा गरेको जनाएको छ।
अप्रत्याशित रूपमा विजेताको संख्या बढाइएपछि मञ्च र दर्शकदीर्घा दुवैतर्फ उत्साह, खुसी र तालीको गडगडाहट छाएको थियो। विभिन्न सिक्वेन्समा प्रतिस्पर्धीहरूले आकर्षक र क्लासी पहिरनसहित र्याम्प वाक प्रस्तुत गरेका थिए, जसले समारोहलाई थप गरिमामय र भव्य बनाएको थियो।
यस सिजनका उपाधि विजेताहरूमा ‘मिसेस भोग नेपाल ग्राण्ड २०२६’ तर्फ प्रतिक्षा थापा, ‘मिसेस भोग नेपाल युनिभर्स २०२६’ तर्फ प्राची तोमर, ‘मिसेस भोग नेपाल वर्ल्ड २०२६’ तर्फ किमी चौलागाई, ‘मिसेस भोग नेपाल अर्थ २०२६’ तर्फ कविता ढकाल, ‘मिसेस भोग नेपाल ग्लोबल २०२६’ तर्फ कोमल नेपाली र ‘मिसेस भोग नेपाल टुरिजम २०२६’ तर्फ ऋचा रानी राम विजेता घोषित भएका छन्।
त्यसैगरी ‘क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६’ उपाधि श्रीनु श्रेष्ठले जितिन् भने ‘क्लासिक मिसेस भोग युनिभर्स २०२६’ ज्योति कुर्मी र ‘क्लासिक मिसेस भोग नेपाल युनिभर्स २०२६’ सम्झना फूयाल विजेता बनेका छन्।


