चलचित्र ‘लालिमा’को गीत ‘तिमीलाई माया गर्छु…’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ फागुन

नयाँ चलचित्र ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु…’को भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन्। शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन्।

फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्म गीतलाई निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । यो गीतको भिडियोमा नायिका रोशनी कार्की र नायक जीवन भट्टराईको अभिनय रहेको छ । गीतको भिडियोमा कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतको पनि अभियन समेटिएको छ ।

गीतको भिडियोमा समावेश दृष्यहरुबाट निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ । गीतको भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईको द्वन्द्व–रोमान्स देख्न सकिन्छ। रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ ।

एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो। रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ ।

अहिलेको अवस्थामा प्रतिनिधिसभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै फिल्म हो । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।