पाँचौँ स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ फागुन

पाँचौँ संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न भएको छ। धिरेन शाक्य लाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरियो। उनको सम्मानमा उनी अभिनीत चलचित्रका चर्चित गीतहरूमा अभिनेता दिक्पाल कार्की, अभिनेता तथा आयोजक यसराज गराच, अभिनेत्री ऋचा थापा लगायतका कलाकारहरूले विशेष नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रममा शाक्यको लामो योगदानको स्मरण गर्दै नेपाली दृश्य–मनोरञ्जन उद्योगमा उनको प्रभाव र लोकप्रियताको चर्चा गरिएको थियो।

चलचित्र विकास बोर्ड, काठमाडौँमा आयोजित उक्त समारोहको आयोजना स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनलब्राइट इभेन्ट ले गरेका थिए।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता–निर्देशक दिनेश डीसी लाई ‘इन्टरटेन्मेन्ट किङ’ सम्मान प्रदान गरियो। उनले नेपाली चलचित्र र टेलिभिजन क्षेत्रमा गरेको दीर्घकालीन योगदानका लागि उक्त सम्मान प्राप्त गरेका हुन्।

चर्चित गायक आनन्द कार्की लाई ‘मेलोडी सम्मान’ प्रदान गरिएको थियो भने अग्रज अभिनेत्री तथा निर्माता–निर्देशक रोशनी केसी लाई ‘चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरियो। समारोहमा अभिनेता गजित बिष्ट लगायत अन्य व्यक्तित्वहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

समारोहमा पत्रकारिता र फेसन कोरियोग्राफी विधामा विशेष अवार्ड प्रदान गरिएको थियो। मल्टिमिडिया जर्नालिस्ट अवार्ड सरिता भारती ले प्राप्त गरिन् भने फेसन कोरियोग्राफर अफ द इयर अवार्ड अश्विनी कान्त झा लाई प्रदान गरियो।

संगीत सिर्जनातर्फ उत्कृष्ट गीतकार (डायस्पोरा) अवार्ड ईशन ढकाल लाई ‘पहिलो प्रेम’ का लागि प्रदान गरियो भने उत्कृष्ट गीतकार (आधुनिक) अवार्ड देवेन्द्र आचार्य लाई ‘सजाय काफी हुँदैन’ गीतका लागि प्रदान गरियो। लिरिकल म्युजिक भिडियो अवार्ड पारस मणि बराल लाई ‘के गर्ने के गर्ने’ का लागि, अन्तर्राष्ट्रिय संगीत संयोजक अवार्ड निशाद चन्द लाई प्रदान गरियो। उत्कृष्ट आधुनिक संगीतकार अवार्ड ‘भुतुक्कै भएनी’ बाट सुशील विश्वकर्मा लाई तथा उत्कृष्ट संगीत निर्देशक अवार्ड दीपक तिरुवा लाई ‘तिम्रै लागि’ बाट प्रदान गरियो।

उत्कृष्ट गायक (डायस्पोरा) अवार्ड निता आचार्य ले प्राप्त गरिन्। गायक (लोक दोहोरी) अवार्ड प्रमोद शर्माशर्मिला बरदेवा लाई ‘खै त मायाले कुरा बुझेको’ बाट प्रदान गरियो। आधुनिक गीत गायिका अवार्ड माधवी अर्याल लाई ‘काफल गेडी’ बाट तथा आधुनिक गायक अवार्ड प्रचण्ड बाबु राई लाई ‘यो मायाले’ बाट प्रदान गरियो। लोकतर्फ उत्कृष्ट गायक अवार्ड सुमन रेग्मी लाई ‘चिसो चिसो हावामा’ बाट र उत्कृष्ट गायिका अवार्ड मिलन अमात्य लाई ‘सुनसान रातमा–२’ बाट प्रदान गरियो।

म्युजिक भिडियोतर्फ उत्कृष्ट मोडल (पर्व गीत) अवार्ड योगेश भण्डारी लाई ‘दशैं आयो’ बाट, उत्कृष्ट मोडल (लोक दोहोरी) अवार्ड लोसिना लमिछाने लाई ‘आकाश का’ बाट प्रदान गरियो। उत्कृष्ट आधुनिक महिला मोडल अवार्ड प्रिया रानी लामा लाई ‘विश्वासको घर’ बाट, आधुनिक पुरुष मोडल अवार्ड सुधीर श्रेष्ठ लाई ‘काश्मिरे गम्छा’ बाट र पप तर्फ उत्कृष्ट महिला मोडल अवार्ड प्रिज्मा खतिवडा लाई ‘बेरंग’ बाट प्रदान गरियो।

म्युजिक भिडियो नृत्य निर्देशन अवार्ड दिलीप ओखेडा लाई ‘पैसा चाहिन्छ’ बाट प्रदान गरियो। भिडियो निर्देशन जुरी अवार्ड सुब्रत आचार्य लाई ‘गाजलु ती ठूला ठूला आँखा’ बाट तथा उत्कृष्ट भिडियो निर्देशक अवार्ड सुनिल बीके लाई ‘पुतली’ बाट प्रदान गरियो।

नयाँ प्रतिभा प्रोत्साहनअन्तर्गत पप डेब्यु (पुरुष मोडल) अवार्ड सुरेन्द्र दियाली लाई ‘सम्हालेर राखेको छु’ बाट तथा आधुनिक डेब्यु अवार्ड अनिमेष गुरुङ लाई ‘ओ भावना’ का लागि प्रदान गरियो।

उत्कृष्ट मोडल डेब्यु (महिला) अवार्ड आकृति बस्नेत लाई, डेब्यु जुरी (पुरुष) अवार्ड मनीष गौतम लाई र डेब्यु महिला अवार्ड अन्विशा खड्गी लाई प्रदान गरियो। उत्कृष्ट प्रोडक्सन म्यानेजर अवार्ड निर्मल न्यौपाने ले प्राप्त गरे। उत्कृष्ट छायाँकार (डायस्पोरा) अवार्ड राजीव आचार्य लाई ‘पहिलो प्रेम’ का लागि प्रदान गरियो।

उत्कृष्ट सम्पादक अवार्ड राजु जंग बस्नेत लाई ‘सुनसान रातमा–२’ का लागि तथा उत्कृष्ट छायाँकार अवार्ड दिनेश पराजुली लाई ‘लाहुरेले लैना केरे’ बाट प्रदान गरियो। उत्कृष्ट बाल कलाकार (पुरुष) अवार्ड रिदम जटाल लाई, बाल कलाकार (महिला) अवार्ड परिना भण्डारी लाई तथा आशावादी बाल कलाकार अवार्ड आहाना श्रेष्ठ लाई प्रदान गरियो।

अभिनेता तथा आयोजक यसराज गराच, कलाकार गोपाल ढकाल ‘छन्दे’ र सञ्चारकर्मी बिना श्रेष्ठ ले कार्यक्रम सञ्चालन गरेका थिए। कलाकारहरूको लाइभ प्रस्तुति, नृत्य तथा भिडियो प्रदर्शनले समारोहलाई मनोरञ्जनात्मक र स्मरणीय बनाएको थियो।

तस्बिर ः रेखा लामिछाने, ब्युटी न्युज नेपाल