ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ माघ
विगत दुई दशकदेखि ब्युटी सम्बन्धी पेसामा सक्रिय मेकअप आर्टिष्ट रेनु पुन मगर (जमुना पुन मगर)ले नया ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ सञ्चालनमा ल्याएकी छिन् । आफ्नै गाउँ गुल्मीमा हुँदै उनले ब्युटिसियन पेशा अपनाएकी थिइन् ।
काठमाडौँ आएर लामो समय मेकअप आर्टिष्टको रूपमा काम गरेपछि उनले यस अघि सानो मेकअप स्टुडियो सञ्चालन गरेकी थिइन् । यति बेला उनले गोंगबुको टोखा रोडमा रहेको ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ बुधवारबाट औपचारिक शुभारम्भ गरेकी हुन् ।
आधुनिक सुविधा सम्पन्न रेनुको यो सुलन तथा क्याफेलाई लोकप्रिय नायक धिरेन शाक्य, वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठ र्याप गायक निर्णय एनएचके र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले बुधवार संयुक्त रूपमा रिबन काटेर यो सलुनको उद्घाटन गरे ।

चर्चित अभिनेता धिरेन शाक्यले आफू सौन्दर्य प्रति निकै सजक भएको र युनिसेक्स पार्लरमा सुन्दरताको लागि जाने गरेको बताए । उनले आधुनिक सेवायुक्त यो सलुन अब आफ्नो सौन्दर्यको लागि नयाँ गन्तव्य बताउँदै रेनुलाई सफलताको शुभकामना व्यक्त गरे ।
अग्रज ब्युटिसियन कमला श्रेष्ठले १६ वर्ष अघि आफूसँग मेकअप सिकेर यो क्षेत्रमा आएकी रेनु आज सफल मेकअप आर्टिष्टको रूपमा स्थापित भएको बताइन् । रेनुले भव्य सलुन खोलेकोमा खुसी व्यक्त गर्दै उनले नयाँ पुस्तालाई पनि यो क्षेत्रमा आउन अनुरोध गरिन् ।
महाप्रबन्धक किरणबाबु पुनले आधा आधा दशक यताबाट ब्युटिसियन सम्बन्धी पेसा पनि प्लस टुको पाठ्यक्रममा समावेश भएको बताउँदै रेनुको जे एन्ड जे सलुनले आधुनिक सेवा दिने विश्वास व्यक्त गरे । समारोहमा रेनुको संघर्ष र सफलताबारे गायिका मञ्जु पौडेलले प्रकाश पारेकी थिइन भने रेनुकी आमाले छोरीलाई नयाँ सलुनको सफलताको लागि शुभ आशीर्वाद दिएकी थिइन् ।
समारोहमा सबैलाई स्वागत गर्दै सो सलुन तथा जे एन्ड जे क्याफेका सञ्चालक ज्याक बुढाथोकीले सलुनसँग आफूहरूले नर्थ पार्क प्लाजा र आसपासका ग्राहकलाई लक्षित गरेर क्याफे पनि सञ्चालनमा ल्याएको बताइन् । ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’की अध्यक्ष एवम् मेकअप आर्टिष्ट रेनु पुन मगरले आफ्नो सलुनमा सौन्दर्य, हेयर, स्किन, मेकअप एन्ड ब्युटी सम्बन्धी महिला र पुरुष दुबैलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुरु गरिएको र उद्घाटनको अवसरमा केही छुटको पनि व्यवस्था गरेको बताइन् ।



