राजधानी समाचारदाता
काठमाडौँ, २७ माघ
नयाँ चालचित्र ‘कस्तुरी’को निर्माण सुरु भएको छ । ‘कस्तुरी’को शुभ मूहुर्त मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा गरिएको हो । यो चलचित्रलाई ऋत बोहोराले निर्देशक गर्दैछन् । लक्ष्यसहित मंगलबारबाटै चलचित्रको छायांकन थालिएको निर्देशक बोहोराले बताए । आफ्नो यो चलचित्र सस्पेन्स र अपराध कथामा तयार हुने पनि उनले मुहूर्त समारोहमा जानकारी गराए ।
यो फिल्ममा निखिल उप्रेती, वर्षा सिवाकोटी, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, शेखर चापागाईं, निर्मल शर्मा, सबी थापा,प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको मुख्य भूमिका रहेको भने गौरव पहारी र हेना नगरकोटीको अतिथि भूमिका रहेको छ ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रको कथा ऋत बोहोराले नै लेखेका हुन् । यो चलचित्रको निर्माता धिरज कुमार अग्रवाल रहेको छन् । यस्तै यसको सह निर्मातामा अञ्जली चौधरी छिन भने चलचित्रको छायांकारमा आलोक शुक्ला रहेका छन् ।यो चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत र दिलीप पन्तको निर्माण व्यवस्थापन रहेको छ ।



