‘श्रीनिवास’ बनाउँदै हरिवंश, अभिषेकलाई लिए नायकमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ पछि यही टिमले यो नयाँ चलचित्र निर्माणको घोषणा गरेको हो ।

सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन्। यसअघि उनीहरूले चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण गरेका थिए ।

एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो चलचित्रका रूपमा ‘श्रीनिवास’ को आज औपचारिक निर्माण घोषणा गरेको हो। चलचित्रमा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन्। अभिषेकको डेब्यु चलचित्र ‘कुमारी’ यही माघ २३ गतेबाट रिलिज हुँदैछ, जसले उनलाई पछिल्लो समय चर्चामा ल्याएको छ ।

चलचित्र ‘श्रीनिवास’ मा अभिमन्यु निरावीको लेखन रहनेछ। चलचित्रका अन्य कलाकार तथा प्राविधिक पक्षबारे निर्माण टिमले क्रमशः जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।