देश भरका चलचित्र घरमा ‘आ बाट आमा’, दर्शकको उपस्थिति राम्रो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ माघ

सहिद दिवसको दिन पारेर आज शुक्रबारबाट नेपाली चलचित्र ‘आ बाट आमा’ देशव्यापी चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्रको हिजो बेलुका काठमाडौँमा भव्य प्रिमियर गरिएको थियो । प्रिमियरमा यो चलचित्रले सबैलाई भावुक बनायो ।

चलचित्र निर्देशक चन्द्र पन्तका अनुसार ‘आ बाट आमा’ मुलुकका १३० भन्दा बढी चलचित्र घरमा प्रदर्शन भईरहेको छ । यो चलचित्रले करिब १८० वटा सो पाएको छ । शुक्रबार मध्यान्नसम्म धेरै जसो सोमा अक्युपेन्सी राम्रो रहेको पनि निर्देशक पन्तले बताए । आज दिउँसोको शोमा करिब ८० प्रतिशतसम्म अक्युपेन्सी यसमा रहेको छ । चलचित्रले शनिबार राम्रो व्यापार गर्ने निर्माण पक्षको विश्वास छ ।

चलचित्रले सन्तान प्रति आमा बुबाको कतव्य र दायित्वबारे बोध गराएको छ । सोही कारण यो चलचित्रले हरेक प्रकारका दर्शकलाई मन छुने पनि निर्देशक पन्तले दाबी गरे ।

यो चलचित्रमा पल शाह, विपना थापा, प्रदीप रावत (गजनी भिलेन), उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रचना गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ ।