म्युजिक मण्डलीका विधार्थीबाट सांगीतिक प्रस्तुति


ब्युटी न्युज नेपाल
काठमाडौं १८ माघ

बिगत लामो समयदेखि काठमाडौं म्युजिक मण्डलामा प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले युनाइटेड वल्र्ड शाइनव्दारा शनिबार आयोजित कार्यक्रममा आआफ्नो प्रस्तुती प्रदर्शन गरेको छ ।

कामपा वडा नं. १२ का वडा अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी कलाकारहरुले गायन, नृत्य, बाँसुरी, मादल, सारङ्गी, हार्मोनि लगायतका बाद्यबादन बजाएर प्रस्तुती दिएको हो भने मगर र नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गरिएको थियो । पुष्परत्न महर्जन, संस्थाका उपाध्यक्ष सविता श्रेष्ठ लगायत १६० जना बिद्यार्थी र सयौंको संख्यामा अभिवाभकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजक संस्थाका रामेश्वर महर्जनका अनुसार कार्यक्रममा जति पनि प्रस्तुती रह्यो गायन, नृत्य लगायतका बिषयका बिद्यार्थीहरुलाई निःशुल्क प्रशिक्षण गराइएको र बिदेशी संस्था ल्पेंयग फोर चेन्जको सहयोगमा उदयपुर, कटारीव्दारा सञ्चालन गरिएको हो ।

कार्यक्रममा संस्थाका संयोजक श्याम बस्नेतले कलाकारितामा रुचि भएका र आर्थिक रुपले कमजोर रहेकाहरुलाई निःशुल्क प्रशिक्षण दिदै आइरहेको बताउनु भयो ।