शिवांशको फेरी अर्को पोष्टर आयो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ माघ

नेपाली चलचित्र ‘शिवांश’ १ फागुनबाट प्रदर्शनमा आउने भएको छ । निर्माणपक्षले यो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन् । तेज गिरी रिसाहा मुद्रामा छन् । रुसा न्यौपाने हेरिरहेकी छन् । बिमला लिम्बू पनि केही आश्चर्यमिश्रित भावमा छिन् । विकाश जोसी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ । (तल तस्बिरमा पोष्टर हेर्न होला)

महाशिवरात्रिको छोको पारेर रिलिज हुने चलचित्र ‘शिवांश’ बारे भारतीय गायक कैलाश खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ गीत यो चलचित्रको लागि चाँडै सार्वजनिक हुने बताएका छन् ।

चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यसका निर्मातामा अञ्जान केसी छन् ।
प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन् ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ । चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन् ।