डेभिड र दिपकको पीरै पीर भो जीवन सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ माघ

गायक डेभिड शंकरले आफ्नो स्वरमा नयाँ गीत पीरै पीर भो जीवन… को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट डेभिड शंकरबाट सार्वजनिक गरेका हुन् ।

यो गीतलाई बरिष्ट गीतकार दिनेश अधिकारीले लेखेका हुन् । गीत भाव प्रधान बनेको छ । गीतमा संगीत दिपक शर्माले सृजना गरेका हुन् । पुरुषोत्तम पौडेलले संगीत संयोजन गरेको यो गीत जीवनका भोगाइहरुमा आधारित छ । गीतलाई म्युजिसियन स्टुडियोमा किशोर थापाले रेकर्ड गरेका हुन् ।

यो गीतको भिडियोमा गायक डेभिड सहित गीतकार दिनेश अधिकारी र संगीतकार दिपक शर्मालाई देख्न सकिन्छ । गीतको स्टुडियो रेकर्ड भर्सनलाई नै भिडियो बनाईएको छ । जसमा गीतको सृजना देखि रेकर्ड सम्मको प्रकृयालाई प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोलाई हरिश महराले खिचेका हुन् । जसमा बिनोद बमको सम्पादन रहेको छ । भिडियोको निर्देशक पुजा ठकुरी हुन भने यसमा निर्मला आचार्यको सृंगार रहेको छ । यो गीत निकै माधुर्य बनेकाले यसले विस्तारै दर्शकको मन जित्ने देखिन्छ ।