ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ माघ
नयाँ एक्सन प्रधान नेपाली चलचित्र ‘परिवर्तन’ आज शुक्रवारबाट नेपालका बहुसंख्यक चलचित्र हलमा रिलिज भयो । आज पहिलो दिन यो चलचित्रको व्यापार राम्रो देखियो । यो चलचित्रले जाँच समिति (सेन्सर बोर्ड)बाट पिजी सर्टिफिकेट पाएकाले १६ वर्ष मुनिकाका दर्शकले अभिभावक साथैमा मात्र चलचित्र हेर्न पनि निर्माण पक्षले अनुरोध गरेका छ ।
यो चलचित्रले देशका १२० भन्दा बढी शो पाएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अग्रज निर्देशक विजय केरुङले निर्देशनमा यो चलचित्र तयार भएको हो ।
‘एक्सन–सस्पेन्स’ जनरा भनिएको यो चलचित्रमा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत रहेको छ । यो चलचित्रको द्वन्द्व निर्देशकमा श्री श्रेष्ठ छन् । चलचित्रलाई आर आर फिल्मस्ले नेपालमा वितरण गरिरहेको छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । निर्माता सिवाकोटीकै कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।


