’बिगुल’ रिलिज अब फागुन १ मा


ब्युटी न्युज नेपाल
काठमाडौं,०५ माघ

यस अघि रिलिज स्थगित गरिएको नेपाली लचचित्र ’बिगुल’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । फिल्म फागुन १ गते देशब्यापी प्रदर्शनमा आउने जानकारी कथाकार तथा निर्माता दिनेश कोइरालाले दिएका छन ।

देशको वर्तमान राजनैतिक अबस्था,आम नेपालीको जनभावना तथा परिस्थितिसंग धेरै हदसम्म मिल्दो बिषयबस्तु प्रस्तुत फिल्मको गीत, टिजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको छ । दर्शकको प्रतिक्षामा रहेको ’बिगुलझ काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल,नरेन खड्का,नीर शाह,रमेश बुढाथोकी,बिनोद न्यौपाने,शिशिर बाङ्देल,हेमन्त बुढाथोकी,गीता अधिकारी,रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन ।

शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको फिल्मका गीतमा बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेको फिल्ममा एनबी महर्जनको द्वन्द निर्देशन छ ।