ललितपुर अन्तराष्ट्रिय व्यापार मेलामा घन्कियो ‘बेबी आई लभ यु…’


काठमाडौं, ४ चैत

ललितपुरको मँगलबजार स्थित भण्डारखाल बगैंचामा शनिबारसम्पन्न ‘ ललितपुर अन्तराष्ट्रिय व्यापार मेला’मा विभिन्न कलाकारले आफ्ना गीतसंगीतबाट दर्शकलाई छमछमी नचाएका छन् ।

ललितपुर उधोग बाणिज्य संघको स्वर्ण जयन्तीको अबसरमा आयोजित सो मेलामा शुक्रबार साँझ गायिका केञ्जुमा सुब्बा, निशा देशार, प्रवेश मान शाक्य, रोजी डंगोल श्रेष्ठ, विश्व नेपाली, बबिन प्रधान लगायतले आफ्ना चर्चित गीतसंगीत प्रस्तुत गरे ।

 

कार्यक्रममा गायिका केञ्जुमा सुब्बाले आफ्नो चर्चित गीत सिरफुल शिरैमा…, साउने खोला उर्लेर…, बेबी आई लभ यु…गाईन् । उनलाई यी गीतहरुमा दर्शकले तालीले साथ दिएका थिए ।

 

गायक प्रवेश मान शाक्यले आफ्नो बुबा पन्नाकाजीको चर्चित गीत तिरीरी मुरली बज्यो बनैमा…सहित केही नेपाल भाषाका गीत गाए । उनले तिरीरी…गाउँदा दर्शकले वान्स मोर भनेका थिए ।

गायक निशा देशारले आफ्ना तीन चर्चित गीतहरु प्रस्तुत गरिन् । अर्की गायिका रोजी डंगोल श्रेष्ठले नेपाल भाषाको मस्युजीत छुजु…गाईन । यस्तै सानुबाबु महर्जनले पनि नेपाल भाषाकै जित ः योम्ह मय्जु…गाएर दर्शकको मन जिते । यस्तै विश्व नेपाल, बबिन महर्जनले आफ्ना गीतहरुबाट दर्शकलाई मन्त्रमुग्ध तुल्याए ।