ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ पुस
नेपाली चलचित्र ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र प्रणय दिवसलाई लक्षिण गरेर रिलिज गर्न लागिएको हो । सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्मको दोस्रो गीत ‘जुनी भर…’ बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।
यो गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । यो गीतमा स्वर पनि महेश काफ्ले र अस्मिता अधिकारीको छ । रोमाञ्चक भावको यो गीतमा फिल्मका मुख्य २ कलाकारहरु आना शर्मा र विनय श्रेष्ठको रोमान्सको प्रयास प्रस्तुत छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ । यसले, विनय र आनाको प्रेमको सुरुवातको रुपमा यो गीत तयार भएको वुझ्न सकिन्छ । यो फिल्मले एक यूवतीको प्रेम भावनालाई सुक्ष्म रुपमा फिल्ममा देखाएको निर्माणपक्षको भनाई छ ।
फिल्ममा विनय र आनासँगै समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको संगीत समावेश छ ।
सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको फिल्ममा सागर लम्सालको लगानी छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता हुन् । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर बिशाङ्खेको डीओपी, साहिल खानको ट्रेलर र टिजर छ ।
सुनिल सिभाकोटीको सम्पादन रहेको फिल्मको यो गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।


