ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ पुस
चलचित्र विकास बोर्डबाट गठित १५ वटा विभिन्न समिति गठन गरेको छ । ती समितिमा संयोजक, सदस्य, सदस्य–सचिव तथा सहयोगी नियुक्तीसहित उनीहरलाई परिचयपत्र वितरण गरेको छ । आज चलचित्र विकास बोर्डको नवरस हलमा परिचय पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डि.सी. ले बोर्डबाट गठित छात्रवृत्ति छनोट सिफारिस समिति, बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तिकरण समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय (स्टोरी बैंक) मूल्याङ्कन तथा छनोट समिति, मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समिति, कार्यविधि मस्यौदा समिति, चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन मूल्याङ्कन समिति, प्रकाशन तथा प्रचार प्रसार समिति, चलचित्रको डिजिटाइजेशन सिफारिस समिति, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति, चलचित्रकर्मी छायाङ्कन अवधिको बीमा कार्यक्रम सञ्चालन समिति तथा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समिति का सदस्यहरूलाई परिचयपत्र प्रदान गरे।
परिचयपत्र वितरणपछि अध्यक्ष डि.सी.ले समितिहरूको भूमिका नेपाली चलचित्र क्षेत्रको संस्थागत विकास, पारदर्शिता र व्यावसायिक सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले भने,“चलचित्रकर्मीहरू नै नेपाली चलचित्र उद्योगको मेरुदण्ड हुन्। उनीहरूको सिर्जना, श्रम र समर्पणलाई सम्मान र संरक्षण गर्नु बोर्डको प्राथमिक दायित्व हो। यसै उद्देश्यका साथ गठन गरिएका यी समितिहरूले छात्रवृत्ति, बीमा, कल्याणकोष, प्रवद्र्धन र डिजिटाइजेशनजस्ता विषयमा निष्पक्ष र प्रभावकारी निर्णय लिने विश्वास लिएको छु। समितिहरू सक्रिय बने नेपाली चलचित्रकर्मीले अवसर, सुरक्षा र सम्मान एकसाथ महसुस गर्ने वातावरण तयार हुनेछ, र नेपाली चलचित्र उद्योग अझ आत्मनिर्भर तथा गर्व गर्न लायक बन्दै जानेछ।”
कार्यक्रममा बोर्ड सदस्यहरू, समितिका संयोजक तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। परिचयपत्र वितरणसँगै समितिहरू औपचारिक रूपमा क्रियाशील हुने र यसले नेपाली चलचित्र क्षेत्रको नीति निर्माण, प्रवद्र्धन, संरक्षण तथा चलचित्रकर्मी कल्याणसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास चलचित्र विकास बोर्डले व्यक्त गरेको छ।
बोर्डबाट गठित समितिहरू
१. छात्रवृत्ति छनोट सिफारिस समिति
संयोजकः श्री गणेश सुबेदी
सदस्यः प्रा.डा. ध्रुव कार्की, श्री देवेन्द्र पाण्डे, श्री दिपा बस्नेत
सदस्य–सचिवः श्री राजेश कुमार थापा
सहयोगी अधिकृतः श्री निर्मला चौलागाईँ
२. बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति
संयोजकः श्री सन्तोषबाबु लोहनी
सदस्यः श्री सुरेन्द्र कुमार थापा, श्री उदय सुब्बा, (आन्तरिक राजश्व विभाग–रिक्त), (गृह मन्त्रालय–रिक्त)
सदस्य–सचिवः श्री प्रविन पाण्डे
आमन्त्रित सदस्यः (कम्प्युटर इन्जिनियर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय–रिक्त)
३. चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति
संयोजकः श्री गणेश सुबेदी
सदस्यः (नेपाल पर्यटन बोर्ड–रिक्त), (परराष्ट्र मन्त्रालय–रिक्त), श्री रमेश ढकाल, श्री केवल तामाङ, श्री विष्णु शर्मा
सदस्य–सचिवः श्री राजेश कुमार थापा
सहयोगी अधिकृतः श्री निर्मला चौलागाईँ
४. आर्थिक सहयोग सिफारिस समिति
संयोजकः श्री सन्तोषबाबु लोहनी
सदस्यः श्री राजेश कुमार थापा
सदस्य–सचिवः श्री प्रभाकर भट्टराई
५. महिला चलचित्रकर्मी सशक्तिकरण समिति
संयोजकः श्री केकी अधिकारी
सदस्यः स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, गीता पौड्याल, सरिता राजोपाध्याय, गीता अधिकारी
सहयोगी अधिकृतः श्री निता बिम्व
६. चलचित्र प्रदर्शन अनुगमन समिति
संयोजकः श्री गणेश प्रसाद सुवेदी
सदस्यः कुवेर गिरी, रबिन्द्र प्रसाद आचार्य, विशाल भण्डारी
सचिवः श्री दिनेश बाँनिया
७. कथा संग्रहालय (स्टोरी बैँक) मूल्याङ्कन तथा छनोट समिति
संयोजकः श्री बिरेन्द्र प्रसाद भट्ट
सदस्यः रामशरण कोइराला, तारा थापा किम्भे
सहयोगी अधिकृतः श्री गिरिश शर्मा
८. मोफसलका चलचित्र मूल्यांकन तथा छनौट समिति
संयोजकः सन्तोषबाबु लोहनी
सदस्यः गजेन्द्र रन्जित, दिपाश्री निरौला, नहकुल खड्का
सहयोगी अधिकृतः हरिसिंह रैखोला
९. कार्यविधि मस्यौदा समिति
संयोजकः श्री दिनेशराज दहाल
सदस्यः गणेश प्रसाद सुवेदी, लोकनाथ सुवेदी, बैकुण्ठ महत, प्रभाकर भट्टराई
सदस्य–सचिवः श्री गिरिश शर्मा
१०. चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन मूल्याङ्कन समिति
संयोजकः श्री सन्तोष बाबु लोहनी
सदस्यः गोपालकाजी कायस्थ, मणिशंकर प्रसाद
सहयोगी अधिकृतः श्री निर्मला चौलागाईँ
११. प्रकाशन तथा प्रचार प्रसार समिति
संयोजकः श्री दिनेश डि.सी.
सह–संयोजकः श्री बिरेन्द्र भट्ट
सदस्यः रघुनाथ सापकोटा, कमल सुवेदी, विश्वमणि घिमिरे
सहयोगी अधिकृतः श्री अप्सरा समाल
१२. चलचित्रको डिजिटाइजेशन सिफारिस समिति
संयोजकः श्री दिनेश डि.सी.
सदस्यः बनिष शाह, रमेशमान श्रेष्ठ, अनिल न्यौपाने, विजय शर्मा
सहयोगी अधिकृतः श्री प्रभाकर भट्टराई
१३. आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति
संयोजकः श्री सुनील मानन्धर
सह–संयोजकः श्री बिरेन्द्र प्रसाद भट्ट
सदस्यः रोहित रूम्बा, जस्सु गुरूङ्, सोनु थारू, कुमार मोक्तान, सविन श्रेष्ठ, विकास आले मगर
सदस्य–सचिवः श्री अप्सरा समाल
१४. चलचित्रकर्मी बीमा कार्यक्रम सञ्चालन समिति
संयोजकः श्री बिरेन्द्र प्रसाद भट्ट
सदस्यः गजित बिष्ट, सुवास काफ्ले, सुमन तण्डुकार
सहयोगी अधिकृतः श्री प्रभाकर भट्टराई
१५. चलचित्रकर्मी कल्याणकोष सञ्चालन समिति
संयोजकः श्री बसुन्धरा भुषाल
सदस्यः मोहन निरौला, पुष्कर लामा, जनकदीप पराजुली, नारायण प्रधान, दिपाश्री निरौला
सदस्य–सचिवः श्री राजेश कुमार थापा
सहयोगी अधिकृतः श्री प्रभाकर भट्टराई


