माल्टामा पनि बिक्यो चलचित्र ‘आ बाट आमा’


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ पुस

नेपाली चलचित्र ‘आ बाट आमा’ आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । यो चलचित्र जापान पछि माल्टाको लागि पनि बिक्री भएको छ । हालै निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल र विकाश ढुङ्गानाबीच माल्टामा प्रदर्शनका लागि सम्झौता गरेका छन्। त्यहाँ रहेका नेपालीहरुका लागि माल्टाका लागि फिल्म वितरण गर्दै आएका द्धय ढकाल र ढुङ्गानाले फिल्मलाई खरिद गरेका हुन्।

यस फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म ‘आ बाट आमा’माल्टामा प्रदर्शन अधिकार बिक्री गरेको बताए। ‘हाम्रो फिल्म माल्टाका लागि प्रदर्शन अधिकार बिक्री गरेका हौँ,’उनले भने,‘राम्रै रकममा बिक्री गरेका हौँ।’

विदेशमा आफ्नो फिल्मको उच्च माग हुन थालेपछि निर्देशक पन्त दंग परेका छन्। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।