ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ पुस
केही वर्ष यताबाट अमेरिकामा बस्दै आएका म्युजिक भिडियो मोडल भुवन लोहनी पछिल्लो समय गीत लेखनमा पनि त्यत्तिकै सक्रिय छन् । यस अघि आफ्नो रचनामा २ वटा गीतहरूको भिडियो दर्शकमाझ ल्याइसकेका भुवनले यति बेला आफ्नो रचनामा तेस्रो नयाँ गीत ‘जनसंग के दाँजुर…’को भिडियो पनि दर्शकमाझ ल्याएका छन् ।
भुवनको रचनाको यो गीतमा गायक राजेश पायल राईको स्वर रहेको छ। सुगम संगीतयुक्त यो गीत निकै माधुर्य बनेको छ । गीतमा संगीतकार दिपक शर्माले संगीत गरेका छन् । जसमा सगीत संयोजन साहस शास्यको, मिक्सिङ तथा मास्टरिड किशोर थापाको रहेको छ । गीतमा संगीत माधुर्य छ भने संगीत संयोजनले पनि स्रोताको मन छुन्छ ।

यो गीतको भिडियोलाई उनले आफ्नो छोराको जन्म दिनको शुभ अवसर पारेर यति बेला ओएसआर डिजिटलबाट रिलिज गरेका छन् । गीतको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा नव मोडल अर्विसा थापासँग गीतकार तथा मोडल भुवन लोहनी आफैँले मोडलिङ गरेका छन् । यो गीतको भिडियोलाई उनले आफ्नो जन्म थलो लमजुङमा छायांकन गरेका हुन् । भिडियोमा सुन्दर दृष्य र मनोरम हिमालहरू समेटिएको छ ।
गत महिना नेपाल आएको बेला भुवनले यो गीतको भिडियोको छायांकन गरेका हुन् । यो गीतको भिडियोलाई कृष्ण बहादुर थापाले निर्देशन गरेका हुन्। छायांकन कृष्ण आफैँले भिडियो पनि खिचेका हुन् । भिडियोको निर्मातामा सविता घले मोहनी रहेकी छिन् । छायांकार कृष्णले गीतको सौन्दर्य भावलाई दृश्यको माध्यमबाट भिडियोमा उतारेका छन् ।

