निर्देशक दिनेशको प्यारी छोरीमा सुमाम्सा र पुष्पको अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ पुस

राजेश पायल राई र सुमाम्सा बान्तवा स्वर मोहन राईको संगीत, राजु कार्कीको संगीत संयोजनमा नयाँ गीत ‘प्यारी छोरी…’को भिडियो सार्वजनिक गरिएको छ । सुमाम्साले यस गीतमा स्वर दिनका साथै अभिनय पनि गरेकी छिन् ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्काको मुख्य भूमिका छ । गीतको भिडियोमा बाबु र छोरी विचको प्रगाढ मायालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा पुष्प खड्का र सुमाम्सा बान्तवा बाबु र छोरीको रुपमा प्रस्तुत छन् । सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको छ ।

माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीत निकै मार्मिक छ । यो गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन । भिडियोलाई दिनेश माङ्गमुको निर्देशन गरेका हुन् ।

सुमाम्सा अष्ट्रेलियाको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । १२ बर्षिय सुमाम्सा सानै उमेरदेखी नाचगान,गीत संगीतमा विशेश रुची राख्दथिन । त्यसैले उनी ७ बर्ष देखी गितार सिक्दै आएकी छिन । विगत एक बर्षदेखी स्वर संगीतको अध्ययन गरिरहेकी छिन भने ३ बर्ष देखी नाटक ( ड्रामा ) को प्रशिक्षण तथा नृत्य क्लास पनि लिइरहेकी छिन । उनी साँगितिक तथा कला क्षेत्रको मात्र नभइ पौडी र भलिबलको पनि प्रशिक्षण विगत केही बर्षदेखी लिइरहेकी छिन । उनी चौतर्फी रुचीका बाबजुद पनि अध्ययनमा पनि अब्बल भएकोलेनै हुुुनुपर्छ । उनी

अध्ययनरत विद्यालयमा अष्ट्रेलियन र अन्य मुलुकका विद्यार्थीलाई समेत पछि पार्दै उनी बर्षका उत्कृष्ट ५ विद्यर्थीहरुमध्येमा चयन भएकी छिन । यस्ती प्रतिभाशाली सुमाम्सालाई नेपाली चेली भन्न पाउनु हामी आम नेपालीको गर्भको कुरा हो ।