ब्युटी न्युज नेपाल
काठमाडौँ, १० पुस
रश्मिलाज फेसियल हाउसले आफ्नो चौथो आउटलेटको रूपमा काठमाडौँको हात्तिगौँडा, बुढानीलकण्ठमा नयाँ ‘रश्मिलाज फेसियल हाउस’ आरम्भ गरेको छ । रश्मिलाज फेसियल हाउसको १८ औँ वार्षिक उत्सवको अवसरमा बिहीबारबाट यो आउटलेटको सुरु गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री एवम् निर्देशक दिपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले हात्तिगौँडामा सञ्चालनमा आएको रश्मिलाज फेसियल हाउसको चौथो आउटलेटको बिहीबार रिवन काटेर उद्घाटन गरे ।
दुई दशक भन्दा लामो समय अमेरिका बसेकी समी रेग्मी अधिकारीको पाटन सिपमा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ र प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले यो शाखा सञ्चालनमा ल्याएका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन रश्मीला श्रेष्ठले १८ वर्ष अघि क्रिसमसकै दिन काठमाडौँको सुनधारा स्थित काठमाडौँ मलबाट ‘रश्मिलाज फेसियल हाउस’ सुरु गरिएको बताइन् । काठमाडौँ मलपछि गोँगबुको बिजी मल, बालाजु बसपार्कको बुद्ध मलमा यस अघि सञ्चालन गरिएको रश्मिलाज फेसियल हाउसलाई बिहीबारबाट हात्तिगौँडामा पनि सञ्चालनमा ल्याएको रश्मिलाले बताइन् । अब चाँडै यसको अरु शाखा काठमाडौँ बाहिर र विदेशमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि उनले जानकारी गराइन् ।
बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने रश्मिलाज फेसियल हाउसबाट आफूले लामो समयदेखि सेवा लिएको बताउँदै नयाँ शाखाको सफलताको कामना गरे । चलचित्र अभिनेत्री बेनिशा हमालले पनि काठमाडौँ मलमा आफूले सेवा लिएको रश्मिलाज फेसियल हाउसको आज चौथो शाखा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् ।
अर्की अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले पनि रश्मिला, प्रकाश र समीलाई नया शाखाको सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा भएकै कारण आफू रश्मिलाज फेसियल हाउसबाट लामो समयदेखि आफूले सौन्दर्य सम्बन्धी सेवा लिँदै आएको बताइन् ।
नेपालमै केही गर्न सकिन्छ भनेर अमेरिकाबाट नेपाल आएर रश्मिलाज फेसियल हाउस, हात्तिगौडा आउटलेडको आफूले शाखा बिस्तार गरेको कार्यक्रममा समी रेग्मी अधिकारीले बताइन् ।
१८ औँ वार्षिक उत्सवको अवसरमा कार्यक्रममा रश्मिलाज फेसियल हाउसका अघिल्ला तिन वटै शाखाका कर्मचारी, ब्युटिसियन, हेयर स्टाईलिस्ट तथा मेकअप आर्टिस्टहरुलाई कार्यक्रममा पुरस्कृत गरियो ।


