ब्युटी न्युज नेपाल
विराटनगर, ३ पुस
द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट गायिका दिलिजा रुवालीले आफ्नो स्वरमा नयाँ गीत ‘मेरा भगवान…’ को भिडियो सार्वजनिक गरेकी छिन् । यो गीत पद्मा लिंखा मगरले लेखेकी हुन् । गीतमा सुरेश बानियाँको संगीत तथा एरेन्जमा गीत तयार गरिएको हो ।
जन्मदिने आमाको ममता र स्नेहलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । आमा जीवनको पहिलो गुरु भएकाले माया, त्याग र सहनशीलताको प्रति मूर्ति आमा सन्तानको सफलताको आधार हुन् भन्ने कुरा गीतमा उल्लेख छ । आमाको निस्वार्थ प्रेम र संस्कारले व्यक्तित्व निर्माण गर्छ, त्यसैले आमा सधैं सम्मान र श्रद्धाका पात्र भएको कुरा लाई गीतमा चित्रण गरिएको छ ।
सुनिल भण्डारीको छायाँकन, नविन घर्ती मगरको सम्पादन तथा चित्रा मास्की मगरको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा दिलिजा रुवाली, दिपेन्द्र तिमिल्सिना, टिका सानु र सुरेश बानियाँको अभिनय देख्न सकिन्छ।


