ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ मंसिर
शोभित बस्नेत निर्देशित नेपाली चलचित्र पीआर (पर्मामेन्ट रेसिडेन्स) मुलुकका १०० भन्दा बढी चलचित्र घरमा आज शुक्रबारबाट रिलिज भएको छ । चलचित्रले पहिलो दिन आज मध्यान्नसम्म राम्रो प्रतिक्रिया पाएका छ । थुप्रै चलचित्र घरमा सोहरु हाउसफूल समेत देखिएको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘पीआर’मा नेपालबाट नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम केसी, दिक्पाल कार्कीले अभिनय गरेका छन् । यस्तै अस्ट्रेलियामा रहेका आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिका छ ।
यो चलचित्रको बुधवार बेलुका काठमाडौँमा प्रिमियर गरिएको थियो । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको यो चलचित्रमा समेटिएका दृष्यहरु निकै आकर्षक छन् । अस्ट्रेलियामा करिब ७० प्रतिशत छायांकन गरिएको नेपाली चलचित्र ‘पिआर’मा अस्ट्रेलियामा रहेको नेपालीहरुले पीआर पाउन गरेको संघर्षको कथा समेटिएको छ । त्यहाँ रहेको तन्नेरी पुस्ताका विधार्थीहरुमा बढ्दो मानसिक तनाव र कुलतको कथा पनि यसमा छ ।
जसमा बन्दे प्रसादको सम्पादन, गणेश बुढाथोकीको लेखन, सौरभ सायमी र सौरभ लामाले छायांकन एवम् आर आर फिल्म्सको रहेको वितरण छ । रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको ‘पीआर’को निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् ।




