चार जना नयाँ मन्त्री थपिए आज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ मंसिर

नेपाल सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आज ४ जना नयाँ मन्त्रीले सपथ लिएका छन् । सुशीला कार्कीले चौथोपटक यति बेला मन्त्रीमण्डल विस्तार गरेर चार जना थपेकी हुन् ।

आज थपिएका नयाँ मन्त्रीहरुमा कुमार इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्र सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र माधव चौलागाईंले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यति बेला प्रधानमन्त्री सुशीला कार्कीसँग प्रधानमन्त्रीसँगै परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी पनि छ । सरकारमा बढीमा ११ मन्त्री बनाउने उनको घोषणा सुरुमा गरिएको थियो । चौथोपटकको मन्त्रिपरिषद् विस्तारमा मन्त्रीको संख्या १४ पुगेको छ । अबको तीन महिना भित्र प्रधानमन्त्री शुशिलाले प्रतिनिधि सभाको निर्वाचन समेत गराउने परेको छ ।