मिस ग्लोब ईन्टरनेशनलका प्रतियोगीले देखाए ट्यालेन्ट


काठमाडौं, ३ चैत

 


‘मिस ग्लोब ईन्टरनेशनल–२०१८’ का प्रतियोगीले आफुमा निहित प्रतिभा काठमाडौंमा एक समारोहबीच प्रस्तुत गरेका छन् । मिस ग्लोबको ट्यालेण्ट उपाधिका लागि प्रतियोगी युवतीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

प्रतियोगीहरुले यो उपउपाधिका लागि ट्यालेण्ट राउण्डका निर्णायकहरुलाई आकर्षित गर्दै अभिनय, नृत्य, चित्रकला, उद्घोषणकला, गायनकला, वक्तृत्वकलालगायतका प्रतिभा प्रदर्शन गरे । आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले ट्यालेण्ट राउण्डबाटै प्रतियोगिताको उदेश्य धेरै हदसम्म पूरा भएको भन्दै युवतीहरुको व्यक्तित्व तथा प्रतिभाको विकासकालागि प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

ट्यालेण्ट राउण्डकालागि निर्णायकमा कलाकारहरु ज्योति काफ्ले, आदित्य बुढाथोकी, गायक कलाकार श्रीकृष्ण लुईंटेल (बोकेदारी), गायिका रीता केसी, नीतु कोईराला, टिचर आईकन अफ द इयर २०१७ शिल्पी गुप्ता, गायक सिमान्त थिए ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा मेलिना थापा, श्रृष्टी शर्मा, रिमा भट्टराई, सुरुचि तामाङ, बिनिता कुमारी ठाकुर, रिना बम्जन, अनुशा श्रेष्ठ, निर्जला अधिकारी, सानु परियार, यमूना बिष्ट, क्रान्तिशिखा धिताल, कृशांगी राजभण्डारी, श्वेता खनाल र ओसन प्रधान रहेका छन् ।

 

स्टार वन ईटरटेनमेन्ट प्रालिले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आगामी ५ चैतमा आयोजना गर्न लागेको मिस ग्लोब ईन्टरनेशनल २०१८ मा अश्विनी झाको कोरियोग्राफी रहेको छ ।