ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ मंसिर
भोली १८ मंसिर बिहीबारबाटै रिलिज हुन लागेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ले प्रिमियरमा राम्रै प्रशँसा पाएको थियो । तर चलचित्र घरमा शो भने न्युन पाएको छ । पाँचौ हप्तामा प्रदर्शन भईरहेको नेपाली चलचित्र पराण भन्दा न्यु रिलिज चलचित्र ‘अभिमन्यु ः च्याप्टर १’ले धेरै कम शोहरु पाएको छ । यो चलचित्र चौथो पटकसम्म रिलिज सरेर पाँचौ पटक रिलिज हुँदा पनि यसलाई यस्तो असर परेको हो ।
सुसान्त गौतमले निर्देशन गरेको यो क्राईम जनराको चलचित्रलाई विनोद पौडेलले निर्माण गरेका हुन् । यो चलचित्रले प्रसस्त चलचित्र घर पाएको भए राम्रो कमाई पनि गर्न सक्थ्यो । तर चलचित्रले सुरुमै निकै कम हल पाएकाले यो चलचित्रलाई फिल्म हलले समेत राम्रो स्थान दिएका छैनन् ।
शुक्रबारबाट रिलिज हुने बलिउड चलचित्र धुरन्धरलाई ‘अभिमन्यु : च्याप्टर १’ भन्दा पाँच गुना बढी शोहरु चलचित्र हलमा दिईएको छ । त्यसैले पनि चलचित्र ‘अभिमन्यु : च्याप्टर १’लाई सुरुमै व्यबसायिक बाधा पुगेको छ ।
कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ, शिशिर वाङदेल, प्रकाश दाहाललगायतको अभिनय रहेको यो चलचित्रलाई आफूले २५ लाख रुपैयाँसम्मको टिकट काटेर चलाउने भनेर यसको ट्रेलर रिलिज समारोहमा निर्माता बिनोदले ठट्यौली पारामा जवाफ दिएका थिए । यति बेला चलचित्र घरले राम्रो र प्रसस्त शो नदिएपछि के अब उनले २५ लाखको टिकट किन्नु पर्ने हो त भनेर अहिले प्रश्न गर्न थालिएको छ । यस अघि पूर्णबहादुरको सारंगी जस्तो ब्लकबस्टर चलचित्र बनाएको सेभेन सिज सिनेमालाई यति बेला चलचित्र घरले धेरै सोहरु नपात्यानुले पनि चलचित्रको व्यापारमा सुरुमै ठुलो असर पर्ने देखिन्छ ।




