२० मंसिरमा विवाह गर्दै अभिनेत्री पुजा र युद्द बानियाँ


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ मंसिर

अभिनेत्री पूजा शर्मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले आफ्नो प्रेमी युद्ध बानियाँसँग बिबाह गर्ने लगन तय गरेकी छिन् ।
आफ्नो पछिल्लो चलचित्र ३६ को आँकडाको छायांकन सकिएपछि अभिनेत्री पुजा विवाहको तयारीमा जुटेकी हुन् । पुजा र युद्धले मंसिरको २० गते विवाह गर्ने घोषणा गरेका छन् ।

पूजा र युद्ध बिगत ६ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन् । अभिनेत्री पूजा र उनको प्रेमी युद्धको विवाहको लागि काभ्रेको साँगा स्थित पाँच तारे रिसोर्ट होटल फरच्यूनलाई चयन गरेका छन् । उनीहरुले विवाहको हल्दी मेहेन्दी देखि स्वयम्बर, विवाहसम्म सोही होटलमा गर्ने बताइएको छ ।