ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ मंसिर
घुम्ती निर लेट भयो
सानु बाटैमा भेट भयो…
यो कालजायी लोकप्रिय गीतका अग्रज लोक गायक नवराज घोरासाईनी आज १२ गते शुक्रबार ‘दोस्रो लिखु छहरे महोत्सव २०८२’मा आफ्ना चर्चित गीतका साथ प्रस्तुत हुँदैछन् । महोत्सवका अध्यक्ष नमराज ढुंगानाका अनुसार कलाकार नवराजले आज महोत्सवमा आफ्ना आधा दर्जन गीतहरुबाट दर्शकलाई नचाउने छन् । नवराजको गीतको लागि दर्शकहरु पनि व्यग्र प्रतिक्षामा छन् ।
नुवाकोटको लिखु गाउँपालिका वडा नं. ६ स्थित छहरे बजारमा बिगत ९ दिन देखि ‘दोस्रो लिखु छहरे महोत्सव २०८२’ चलिरहेको छ । यो महोत्सव लिखु गाउँपालिकाको सहयोग तथा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्धारा आयोजनामा ३ मंसिरबाट छहरेमा भव्य रुपमा चलिरहेको हाृे । यस महोत्सवमा विभिन्न स्थानीय कृषी उत्पादनको बिक्रीसँग सांस्कृतिक प्रस्तुतिहरु नियमित रुपमा हुने गरेको छ । महोत्सवका अध्यक्ष नमराज ढुंगानाका अनुसार स्थानीय उत्पादन तथा कृषी उत्पादनहरुलाई महोत्सवमा प्रवर्धन गरिएको छ ।
हरेक दिन दिउँसो २ बजेपछिबाट सांगीतिक कार्यक्रम सुरु हुने गरेको छ । सो सांगीतिक कार्यक्रममा देशका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत, संगीत, नृत्य तथा प्रहसन प्रस्तुत गरिरहेका छन् । यसै क्रममा आज शुक्रबार दिउँसो यो महोत्सवमा लोकप्रिय गायक नवराज घोरासाइनीसँगै स्थानीय कलाकारको पनि भव्य प्रस्तुति रहने छ ।
आजै अर्का चर्चित गायक ओम सुनारको पनि विशेष प्रस्तुति रहने छ । कार्यक्रममा आज ओमले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने छन् । यस्तै आज शुक्रबार गायिका प्रतिमा अर्यात सुवास महत, रमेश श्रेष्ठ मेलोडीले पनि आफ्ना गीतहरु प्रस्तुत गर्ने छन् । हास्य कलाकार प्रताप हुमाईगा (झुले)ले आफ्नो प्रहसनबाट दर्शकलाई हँसाउने छन् ।
महोत्सव संयोजक सुवास महतका अनुसार महोत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने भएकाले दैनिक दर्शकहरुको उल्लेख्य सहभागित हुने गरेको छ । यसले स्थानीय पर्यटन पर्वधनमा समेत उल्लेख्य फाईदा पुगेको छ । उनका अनुसार यो महोत्सव १४ मंसिरसम्म छहरेमा जारी रहने छ ।




