ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ मंसिर
आफ्नो प्रेमी विशाल खरेलसँग जन्म दिनको अवसर पारेर २ मंसिरमा इन्गेजमेन्ट गरेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला चर्चामा छिन् । विशालसँग म्युजिक भिडियो छायांकनको क्रममा साम्राज्ञीले अन्तरँग सम्बन्ध कायम गरेपछि आफ्नो घरबार बिग्रिएको भनाई सहितको एउटा भिडियो विशालकी पूर्व पत्नी सरिता सुब्बाले बुधबार एउटा भिडियो सार्वजनिक गरेकी थिईन् । यति बेला अभिनेत्री साम्राज्ञीले सो भिडियोको जवाफ दिएकी छिन् । उनले आफ्नो कारणले विशालको घर नबिग्रेको दाबी पनि गरेकी छिन् । विशाल र ती महिलाको सम्बन्ध विच्छेद भएपछि कानूनी रुपमा बल्ल आफूले विशालसँग विवाहको लागि इन्गेजमेन्ट गरेको पनि अभिनेत्री साम्राज्ञीले बताएकी छिन् ।
साम्राज्ञीले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्दै सरिता सुब्बाको भनाईलाई खण्डन गरेकी छिन्,‘जब हामीले आशा गुमायौं तब हामीले एक अर्कामा माया पायौं, दु’र्भाग्यवश हामी दुबैको विगत थियो, र सबैको हुन्छ। र हामीलाई यसमा कुनै पछुतो छैन। हामीले जीवनमा अगाडि बढ्ने निर्णय गर्यौं र म कहिल्यै विवाहित पुरुषसँग डेट वा इन्गेज गर्दिन र परिवार तो’ड्ने छैन , उहाँ पहिले नै अगाडि बढिसक्नुभएको थियो। हामी इन्गेज्ड छौं र कानुनी रूपमा मंगेतरको रूपमा दर्ता भएका छौं। हामी यसलाई सुरक्षित राख्ने, हाम्रो मायाको रक्षा गर्ने , खुसी रहने वाचा गर्छौं। र कुनै पनि कुराले हामीलाई परिवर्तन गर्नेछैन। कसैलाई न्याय गर्नु अघि, कृपया याद गर्नुहोस् सिक्काका दुई पक्ष हुन्छन् त्यसैले मेरो खुशीको उपहास गर्न बन्द गर्नुहोस्। कृपया आफ्नो भ्यूज र लाइकको लागि मेरो नाम प्रयोग गर्न बन्द गर्नुहोस् , मलाई शान्तिपूर्वक बाँच्न दिनुहोस् ।’




