‘डमरुको डण्डीबियो’को तितेपाती झ्याप झ्याप…


काठमाडौं, २ चैत


आगामी २१ बैशाखबाट देशव्यापी छेतन गुरुङ निर्देशित सिनेमा ‘डमरुको डण्डीबियो’को गीतको भिडियो दर्शकमाझ ल्याईएको छ । शुक्रबार राजधानीमा एक समारोहबीच यो चलचित्रको गीत तितेपाते तितेपाती झ्याप झ्याप…को भिडियो रिलिज गरिएको हो ।

यो गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत छ । गीतको शब्द एकतारे, हर्क साउद र कालीले संयुक्त रुपमा लेखेका हुन् । कार्यक्रममो सो गीतको बारेमा बोल्दै कालीले तितेपाते तितेपाते करोड भ्युजका लागि भन्दा पनि सिनेमाको स्टोरी अनुरुप तयार गरिएको हो भने,‘निर्माण टिमले बजार पिट्ने भन्दा पनि कथासँग सुट गर्ने गीत निर्माण गर्न लगाउनु भएको थियो । त्यहिँ अनुसार गीत तयार गरेकाले दर्शक श्रोताले मन पराइदिनु हुने आशा गरेका छौं ।’

यो चलचित्र निर्देशक छेतन गुरुङले कार्यक्रममा बोल्दै यो गीत चलचित्रको कथा अनुसार तयार गरिएको बताए । गीत रिलिज कार्यक्रममै सिनेमाका कलाकारद्वय खगेन्द्र लामिछाने, बुद्दी तामाङ, आशान्त शर्माले यो चलचित्रमा आफुले गरेको कामको बारेमा चर्चा गरे ।

यो चलचित्रलाई नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त निर्माण गरेका हुन् । जसमा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको पनि निर्देशक छेतनले जानकारी गराए ।

डमरुको डण्डीबियोमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।