शुभसाइतसँगै अनमोलको ‘बाटुलो जून’ छायांकनमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ मंसिर

चलचित्र ‘जेरी अन टप’को ब्यापारिक सफलता पश्चात अभिनेता अनमोल केसी यति बेला गृह ब्यानरको नयाँ चलचित्र ‘बाटुलो जून’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको

पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । यो चलचित्र सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने छ ।

बाटुलो जुनमा अभिनेता अनमोल केसीसँगै प्रिन्सी खतिवडा, नेन्सी खड्का, भुवन केसी, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा अभिनयमा रहनेछन् ।

नेन्सी सफल चलचित्र १२ गाउँकी अभिनेत्री हुन भने मोडल प्रिन्सीले यसै चलचित्रमा नायिकाको डेब्यु गर्दैछिन् ।

पछिल्लो फिल्म ’ड्रिम्स’रिलिजको ९ वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ’एक्सन कट’मा पुनरागमन गर्दैछन् । निर्देशक केसीले यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए । अनमोललाई हिजोको दिनमा देख्दै आउनुभएको भन्दा भिन्न लूक्स र अबतार दर्शकले यो चलचित्रमा देख्न सक्नुहुनेछ, निर्माता जीया केसीले भनिन्, ’यो चलचित्र नेपाली समाजको कथा, हरेक परिवारको कथा र पछिल्लो पुस्ताका युवायुवतीहरूको आफ्नै कथा बन्नेमा हामी विस्वस्त छौं ।’

’बाटुलो जून’ निर्माणमा जीयासँग भविष्य खड्काले साझेदारी गरेकी छन् । खड्का पछिल्लो हिट फिल्म ’जेरी अन टप’की निर्मात्री हुन् । लगानीबारेको प्रश्नमा खड्काले राम्रो र उत्कृष्ट चलचित्र निर्माणको लागि कुनै सम्झौता नहुने बताइन् ।

अभिनेता अनमोल केसीले हिजोको दिनमा बुवा भुवन केसीले ’चिनो’, सम्झना’ र ’कुसुमे रूमाल’जस्ता चलचित्रमा निभाएको भुमिका र सोहि चलचित्रहरूमा देखिएको लूक्समै आज आफुलाई पाएको भन्दै घुमाउरो पाराले बुवाकै विरासत धान्ने गरि यो चलचित्रमा जोडिएको बताए । बोली, भाषादेखि धेरै कुरामा भिन्न तरिकाले प्रस्तुत हुन लागेको भन्दै अनमोलले सम्पूर्ण टिमको मेहनत र साथले आफुले पनि पात्रलाई न्याय गर्ने र चलचित्र पनि उत्कृष्ट बन्ने बताए ।

पहिलो चरणमा ४५ दिनको छायांकन सेड्यूअलसहित फ्लोरमा निस्केको यो चलचित्रलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिने निर्माण टिमले बताएको छ । चलचित्रमा तेजबिक्रम  केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहनेछ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहने छ ।

फोटोः उद्धव रसाइली