काठमाडौं, २ चैत

अर्जुन रत्न भिकारीको एकल शब्द, चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको एल्बम ‘जय मायाप्रेम’ राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।
अग्रज चलचित्र निर्देशक एवम् कलाकार नीर शाह, गायक नारायण र संगीतकार चेतनका गुरु चन्दन श्रेष्ठले गीतिसंग्रह सार्वजनिक गरेका हुन् ।

अग्रज कलाकार निर शाहले गीतहरु कर्णप्रिय बनेको बताउँदै सफलताका कामना गरे । यस्तै गीतकार अर्जुन रत्नले सबै प्रकृतिका गीतलाई लिएर एल्बम बनाएको बताए ।

कार्यक्रममा गायक नारायण धितालले भने,‘पहिलो एल्बम धड्कन र दोस्रो एल्बम काइट्स ल्याएपछी यतिबेला अर्जुन र चेतनजीसंगको सहकार्यमा जय मायाप्रेम लिएर आएको छु । गीत गाउने रहर सानै देखि नै हो तर विदेश बसाइ भएकोले यसलाई निरन्तरता दिन सकेको थिइन्, तर अबको बर्षमा एउटा गीत लिएर दर्शक तथा श्रोता माझ आउने कोसिश गर्नेछु ।’

संगीतकार चेतन सापकोटाले भने,‘विदेश भ्रमणको क्रममा उहाँहरुमा गीतसंगीत प्रति देखेको लगावकै कारण हामीले एल्बम गर्ने निधो गरेका हौ । एल्बममा मैले सबै किसिमको गीत तयार गर्ने कोसिस गरेको छु ।’ अर्जुनको शब्दलाई नारायणले न्याय गरेर गाएको पनि चेतनले बताए ।

 

एल्बममा चार गीत समावेश छन् । जसमा ‘दाउरा उपहार…’, ‘जरुवाको पानी सार्है मिठो…’, ‘बिहे गरी लाने हो…’ र ‘चिसो चिसो मन्द मन्द बतास…’ गीत छन् ।

यस एल्बमको सबै गीतको भिडियो तयार गरिएको छ । गीतको भिडियोहरुमा प्रियंका कार्की, बेनिशा हमाल, सुष्मा अधिकारी, सोनु घर्तीसँगै अर्जुन, नारायण र चेतनले अभिनय गरेका छन् । गीतको भिडियोमा निकेश खड्का, तेन्जु योञ्जन र युबराज वाइवाको निर्देशन रहेको छ ।

टीमले पहिलो कोसेली स्वरूप दाउरा उपहार… गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरेको छ । भिडियोमा गीतकार अर्जुन रत्न र प्रियंका कार्कीको अभिनय रहेको छ ।

यस्तो बनेको छ भिडियो –