ब्युटी न्युज नेपाल
चितवन १ मंसिर
चलचित्र ‘तुरुपको दु का’ निर्माण हुने भएको छ । यो चलचित्रलाई पर्यटकीय नगरी सौराहका कलाप्रेमि युवा समूहको सक्रियतामा निर्माण गर्न लागिएको हो ।
शनिबार चितवनको रत्ननगर नपा ८ मा रहेको चित्रसारी मन्दिरमा चलचित्रको शुभमूर्हतसंगै निर्माण घोषणा भएको हो ।
समसामयिक कथावस्तुमा आधारित चलचित्र ‘तुरुपको दु का’ मा चर्चित मोडल देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी, बिकिस्मा चौधरी लगायतको अभिनय रहने छ ।
बराली प्रोडक्शन व्यानरमा निर्माण हुने ‘तुरुपको दु का’मा हिरा चौधरीको निर्देशन रहने छ । चलचित्रको चितवन वरिपरी र मकवानपुरको बिभिन्न रमणीय स्थानमा छायांकन हुने निर्देशक चौधरीले बताएका छन् ।






