ब्युटिसियन करुणा श्रेष्ठ मिसेस नेपाल वल्र्डको फाइनलमा


ब्युटी न्युज नेपाल
काठमाडौँ २८, कात्तिक

कोशी प्रदेश सुनसरीमा जन्मिएकी करुणा श्रेष्ठ काठमाडौँको कपनमा बस्छिन् । पेशाले उनी कुशल ब्युटिसियन हुन् । करुणाले लामो समयदेखि हङकङमा आफ्नै ब्युटी पार्लर सञ्चालन गर्दै आएकी छिन् । करुणाले नेपालीहरु बिदेशमा रोजगारी मात्र हैन, सफल ब्यापार व्यबसाय पनि गर्छन भन्ने कुरा प्रमाणित गरेकी छिन् ।

अग्रज ब्युटिसियनको रुपमा आफ्नो परिचय स्थापित गरेकी करुण कुशल खेलाडी पनि हुन् । उनी तेक्वान्डो र सितोरियो कराँतेको ब्लाक बेल्ट हुन् । अहिले पनि उनी यो दुई खेलमा त्यतिकै सक्रिय छिन् ।

यसपटक रिवन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिसेस नेपाल वल्र्ड २०२५’को अन्तिम प्रतिस्पर्धामा ब्युटिसियन करुणा पुगेकी छिन् । ‘मिसेस नेपाल वल्र्ड २०२५’को ग्रान्ड फिनाले यही २८ कात्तिक भोली शनिबार दिउँसो काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा हुँदैछ । निकै मेहनतको साथ आफू यो प्रतियोगितामा जुटेका कारण उपाधि चुम्ने विश्वास करुणाले लिएकी छिन् । प्रतियोगी नम्बर २८ करुणाले कार्यक्रमको पूर्व संध्यामा आफूलाई धेरै भन्दा धेरै मत दिएर पब्लिक च्वाईस अवार्डको बिजेता बनाउनु पनि अनुरोध गरेकी छिन् ।

एक छोरा एक छोरीकी आमा करुणा केही समयदेखि नेपालमा छिन् । मिसेस नेपाल वल्र्डमा केन्द्रित भएर उनी नेपालमा रहे पनि उनको हङकङमा रहेको पार्लर छोरा र छोरीले सफल रुपमा सञ्चालन गरिरहेका छन् ।

समाजसेवीको रुपमा समेत आफूलाई चिनाएकी करुणा श्रेष्ठले विभिन्न म्युजिक भिडियोमा पनि मोडलिङ गरिसकेकी छिन् । यो क्षेत्रमा आफूलाई श्रीमान र परिवारबाट ठुलो सहयोग रहेको उनी बताउँछिन् ।

मिसेस नेपाल वल्र्डमा भाग लिँदा धेरै कुरा सिक्ने अबसर पाउनुका साथै थुप्रै साथीहरुसँग चिनजान र मित्रता भएको पनि करुणाले बताईन् । यो प्रतियोगितामा सहभागी प्रतियोगीहरु मध्य उनी सिनियर पनि हुन् । त्यसैले सबैले आफूलाई आदर सम्मान र मायाँ गर्दै आएको उनले बताईन् ।