डान्स कोरियोग्राफर सुमिना ‘मिसेस नेपाल वल्र्ड’को फाईनलमा


ब्युटी न्युज नेपाल
काठमाडौँ २६, कात्तिक

मोडलिङ र कोरियोग्राफीमा आफ्नो फरक परिचय बनाएकी सुमिना महर्जन यसपटक ‘मिसेस नेपाल वल्र्ड २०२५’को अन्तिम प्रतिस्पर्धामा छिन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा ‘मिसेस नेपाल वल्र्ड २०२५’को ग्रान्ड फिनाले यही २९ कात्तिक शनिबार काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा हुँदैछ ।

यो प्रतियोगिताको लागि आफूले पुरा तयारी सम्पन्न गरिसकेको सुमिनाले बताएकी छिन् । गएको शनिबार सम्पन्न मिसेस नेपाल वल्र्डको ट्यालेन्ट राउन्डमा निकै राम्रो नृत्य प्रस्तुत गरेर निर्णयकको मन जितेकी सुमिना ग्राण्ड फिनालेमा पनि निर्णायकको मन जित्नेमा विश्वस्त छिन् ।

काठमाडौँकी सुमिना महर्जन पेशागत रूपमा डान्स कोरियोग्राफर हुन् । बाल्यकाल देखि नै नृत्य गर्न पाउँदा औधी खुसी हुने सुमिना अहिले पनि आफ्नो करिअरको पहिलो रोजाई नै नृत्य हुने गरेको बताउँछिन् । नेपा डान्स एकेडेमीकी नृत्य प्रशिक्षक समेत रहेकी उनले थुप्रै विद्यालयहरुमा नृत्य सिकाउने गरेकी छिन् । बिगत आधा दशक भन्दा लामो समयदेखि उनले नृत्य प्रशिक्षकको रुपमा नियमित काम गरिरहेकी छिन् ।

ब्युटी पेजेन्ट सुमिनाको लागि कुनै नयाँ प्लेटफर्म हैन । उनले ६ वर्ष अघि नै ‘मिस नेशनल २०१९’, मा भाग लिएर मिस ट्यालेन्टको उपाधि समेत जितेकी थिईन् । यस्तै नेपाल संवत ११४४ या (२०२३) मा आयोजित ‘मिसेस नेवा वल्र्ड’को शिर्ष उपाधि पनि सुमिनाले जितेकी थिईन् । यस्तै ‘मिसेस तिज नेपाल २०२५’ मा पनि सुमिनाले शिर्ष उपाधि चुम्न सफल भईन् ।

थुप्रै फेशन शोमा र्याम्प मोडलिङ गरिसकेकी सुमिना महर्जन कुशल मोडलको रुपमा पनि परिचित छिन् । सौन्दर्य प्रतियोगितामा तथा मोडलिङ क्षेत्रमा श्रीमानको साथ र सपोर्ट नहुँदा पनि आफू एक्लै अघि बढी रहेको र सफलता पनि हाँसिल गरेको सुमिनाले बताईन् । मिसेस नेपाल वल्र्ड २०२५को प्रतियोगी नं. ३० रहेकी उनी एक छोराकी आमा पनि हुन् । यो प्रतियोगिताबाट आफूले धेरै कुरा सिक्ने अबसर पाएको यी कोरियोग्राफर तथा कलाकारले बताएकी छिन् ।

तस्बिर : कुबेर डंगोल