धुलीखेल महोत्सवमा भोली शनिबार ‘उर्गेन दोङ ७ जम्बुलिङ’ को बिशेष प्रस्तुति


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ कात्तिक

काभ्रेको धुलिखेलमा यति बेला धुलिखेल महोत्सव भव्य रुपमा चलिरहेको छ । २० कात्तिकदेखि चलिरहेको यो महोत्सवमा भोली शनिबार कार्तिक २९ गते युवा पुस्ताका उम्दा गायक ‘उर्गेन दोङ ७ जम्बुलिङ’ को बिशेष प्रस्तुति रहने भएको छ । आयोजक सुवास महतका अनुसार उर्गेन र उनको टिमले तामाङ दाइ, सैया, टाढा भए पनि, लगायतका थुप्रे चर्चित गितहरु प्रस्तुत गर्ने छन् ।

धुलिखेलको रंगशालाको परिसरमा जारी कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धनको लागि बिशेष सांस्कृतिक प्रस्तृतिको लागि ‘उर्गेन दोङ ७ जम्बुलिङ’को कार्यक्रमको लागि अहिले देखि नै चासो बढेको छ । बिशेष गरि उर्गेन सर्वाधिक रुपमा युवाहरुले रुचाउने गायक मध्ये पर्छन् । उनी आफ्नो व्याड सहितको प्रस्तुति धुलिखेल महोत्सवबाट सुरु गर्ने चाहनामा छन् । सबै दर्शकले आफुलाई जस्तै ब्याण्डलाई पनि रुचाउनेमा उनी विश्वास्त छन् ।

उक्त धुलिखेल महोत्सवमा उर्गेनको ब्याण्ड सँगै नविना सिल्वाल(खुईली), स्नाह कट्वाल, सम्राट चौलागाईं, सबिना दाहाल, राजन चौलागाईं खैराते, प्रताप हुमागाई, सुवास महत, ईन्द्र विन्दास तथा स्थानीय कलाकारहरु लगाएतको दमदार प्रस्तुति रहने छ ।
महोत्सब मंसिर ३ गतेसम्म चल्ने छ । उक्त महोत्सब आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्व र लालीगुराँस क्रियसन मिडिया नेपालले ब्यबस्थापक गरेको हो ।

यता उर्गेनले ब्याण्ड सुरु गरेसंगै चितवन नारायण खेलकुद महोत्सवमा मंसिर १ गते, लिखु छहरे महोत्सव नुवाकोटमा मंसिर १३ गते प्रस्तृति दिने तय भएको बताएका छन् । उर्गेनको ब्याण्ड सुरु भए लगत्तै थुप्रै कार्यक्रम तय भएको उनका ब्याण्ड व्यवस्थापक समेत रहेका कुशल कार्यक्रम सञ्चालक तथा धेरै कार्यक्रम आयोजक सुवास महतले जानकारी गराएका छन् । अहिले सुवासले ‘उर्गेन दोङ ७ जम्बुलिङ’को व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । अरु मेला महोत्सवको लागि पनि सुवाससँग सम्पर्क गरेर ‘उर्गेन दोङ ७ जम्बुलिङ’को प्रस्तुति दिन सकिने छ ।