ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ कात्तिक
चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले लामो समयदेखि क्यानडामा रहेर पनि चलचित्र एवम् गीत संगीत क्षेत्रमा काम गर्दै आएका छन् । यसै क्रममा दिन पर दिन मौसम चिसिदै गर्दा अभिनेता इश्वरले आफ्नो शब्द, संगीतमा नयाँ गीत ‘शरदको चिसो हावामा’ को भिडियो सार्वजनिक गरेका छन् ।
एडवर्ड थापाको स्वर रहेको गीतको भिडियोमा ईश्वर थापा र शिल्पा पोखरेललाई क्यानडाको सुन्दर दृश्य समेट्दै फिचरिङ्ग गरिएको छ भने यसमा छायांकन, सम्पादन तथा निर्देशन हेरुका लामाको रहेको छ । अभिनेता ईश्वर थापाले गत महिना बडा दशैंको अवसर पारेर ‘दशैंको टिका’ गीतको भिडियो सार्वजनिक गर्नु भएको थियो ।
विदेशी भूमिमा व्यस्त जीवन व्यथितको बाबजूद पनि नेपाली गीतसंगीतलाई माया गरि एकपछि अर्को भिडियो दर्शक, श्रोता माझ पस्कने क्रममा उनको यो पछिल्लो कोसेली ‘शारदको चिसो हावामा’ गीतको भिडियो सार्वजनिक गरेको उनले बताएका छन् ।





